रास्वपाले भिडबाट आफ्नो कुरा सिद्ध गर्न खोज्यो : माधव सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीले भिडबाट आफ्नो कुरा सिद्ध गर्न खोजेको टिप्पणी गरेका छन् ।

मार्क्सवादी ज्ञान केन्द्र गण्डकी प्रदेशद्वारा आयोजित लोकप्रियतावाद, सिद्धान्त, समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विधि मान्छु भनेपनि भिडद्वारा आफ्नो कुरालाई सिद्ध गर्न खोजिरहेको बताए।

‘मुलधारमा राजनीतिज्ञलाई पार्टीको आफ्नो अनुशासन र विधान हुन्छ । सामाजिक विधि र पद्धतिमा हामी कहीँ न कहीँ बाँधिनुपर्छ’, उनले रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गर्दै भने, ‘लोकप्रियतावादीहरूलाई विधि र प्रक्रियाले कम बाँध्छ, अहिले नै हेर्नुभयो भने विधि मान्छु पनि भन्छ, अनि कहीँ न कहीँ भिडद्वारा आफ्नो कुरालाई सिद्ध गर्नको लागि ज्यादा जोड गरिरहेको हुन्छ ।’

अहिले नेताहरू असफल भए भन्नेतिर बहस केन्द्रित भएको भन्दै समाजवादको व्याख्यामा नै अन्तर परेकाले मुलुकको राजनीतिक बिग्रिएको बताए ।

उनले अगाडि भने, ‘काँग्रेसले पुँजीवादी कोणबाट समाजवादको व्याख्या गर्छ, त्यसलाई हामीले मान्दैनौँ । कहिले काँग्रेस, माओवादी, समाजवादीको गठबन्धन बनेको हुन्छ । अहिले काँग्रेस र एमालेबीचको गठबन्धन बनेको छ । त्यसैले शासन व्यवस्था दर्शन, विचार र दृष्टिकोणले गर्ने हो, त्यसमा चुकेपछि अहिले पर्याप्त लाभ लोकप्रियतावादले उठाइरहेको छ । बाहिरबाट झट्ट हेर्दा सबै पार्टी एउटै भए भन्नेतिर पनि जान्छ । हामीले आफ्नो वैचारिक धार, आजको दिनमा समाजवादमा सामाजिक न्यायको सिद्धान्तलाई स्वीकार नगरेपछि त्यो समाजवाद नै रहेन नि !’

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 84 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल