लक्ष्मी सनराइजको नाफा १ अर्ब १६ करोड

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८१-८२ दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत आव पहिलो ६ महिनाको दाँजोमा झन्डै १० प्रतिशत बढी हो ।

बैंकले सोमबार जारी गरेको वित्तीय विवरण अनुसार गत आव दोस्रो त्रैमाससम्म १ अर्ब ६ करोड बराबर नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घट्दा पनि नोक्सानी व्यवस्था बापत इम्पेयरमेन्ट शुल्क कम हुँदा नाफा बढेको हो ।

त्यसैगरी लक्ष्मी सनराइजले चालु आव पहिलो ६ महिनामा ५ अर्ब १९ करोड बराबर खुद ब्याज आम्दानी गरेको छ । कुल सञ्चालन आम्दानी ६ अर्ब ७१ करोड भएको छ ।

बैंकको नाफा बढ्दा ईपीएस सीमान्त रूपमा वृद्धि भएर ९.१४ बाट ९.५५ रुपैयाँ पुगेको छ । त्यस्तै पीई रेसियो २२.२२ छ । नेटवर्थ १ सय ७२ रुपैयाँ ५० पैसा पुग्दा खुद निष्क्रिय कर्जा आकार २.११ प्रतिशत पुगेको छ ।

  • Related Posts

    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    काठमाडौँ । निजी क्षेत्रका तीन प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। व्यवसायी शेखर गोल्छा पक्राउ…

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेका १७ डाक्टरको लाइसेन्स खारेज गरेको छ ।  शुक्रबार काउन्सिलले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका १७ जना डाक्टरको नाम नेपाल मेडिकल काउन्सिलको…

    पहिलो

    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    • April 24, 2026
    • 1 views
    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    • April 24, 2026
    • 12 views
    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ

    • April 24, 2026
    • 3 views
    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ

    इजरायल र हिजबुल्लाहको एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप

    • April 24, 2026
    • 14 views
    इजरायल र हिजबुल्लाहको एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप

    कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन स्थगित

    • April 24, 2026
    • 16 views