विद्यालयमा स्वास्थ्य शिक्षा पढाउँदै पर्वतका स्वास्थ्यकर्मी

पर्वत, ३ साउन : जिल्लामा कार्यरत हरेक स्वास्थ्यकर्मीले महिनाको एक दिन स्वास्थ्य शिक्षासम्बन्धी अध्यापन गराउन थालेका छन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित भएकाले स्वास्थ्य समस्या र उपचार पद्धतिबारे जानकारी दिन विद्यालयमा पुगेर अध्यापन थालेका हुन् ।

विद्यार्थीमार्फत समाजमा सर्ने तथा नसर्ने रोगसम्बन्धी सचेतना फैलाउनका लागि अनिवार्य रुपमा महिनाको एक दिन अध्यापन गराउनुपर्ने नीति लिएसँगै स्वास्थ्यकर्मी विद्यालय पुग्न थालेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम घोषणा भए पनि कार्यान्वयन हुन नसकिरहेको अवस्थामा स्वास्थ्य कार्यालयले मातहतका सबै स्वास्थ्यकर्मीलाई पायकपर्ने विद्यालयमा पुगेर महिनाको एक दिन अनिवार्य स्वास्थ्यबारे अध्यापन गराउन निर्देशन दिएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि नै स्वास्थ्यकर्मीले कम्तीमा पनि एक दिन विद्यालयमा पुगेर कुनै एक स्वास्थ्यसम्बन्धी विषयवस्तुमा अध्यापन गर्नुपर्ने नियम जारी गरिएको शर्माले बताउनुभयो । नागरिकको स्वास्थ्यलाई विद्यालय तहदेखि नै स्वस्थ राख्न र स्वास्थ्य शिक्षाप्रति बालबालिकाको ध्यानाकर्षण गराउन स्वास्थ्यकर्मीबाट कक्षा लिने प्रबन्ध गरिएको उहाँले बताउनुभयो ।

शिक्षकहरुले नियमित रूपमा दिँदै आएको ज्ञानलाई स्वास्थ्यकर्मीबाट प्रदान गरिँदा विद्यार्थीमा उक्त विषयमाथि थप विश्वसनियता बढ्ने र यसले समाजमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले यो अभियान ुरु गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । स्वास्थ्यकर्मीले सामुदायिक वा निजी विद्यालयको प्राथमिक तह (१–३) देखि माध्यमिक तह (९–१२) वा इच्छा भएमा स्थानीय तहमा रहेका क्याम्पसमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्नेछन् । ‘हरेक महिना बाँड्छौँ हामी निःशुल्क ज्ञानः एक स्वास्थ्यकर्मी एक स्वास्थ्य शिक्षा हाम्रो अभियान’ नाराका साथ साउनको पहिलो सातादेखि अभियान सुरु गरिएको छ । कार्यालयले कुन महिनामा विद्यार्थीलाई केकस्ता विषय वस्तुमा ज्ञान दिने भनेर तालिका तयार पारिएको जनाएको छ । तालिका अनुसार वैशाखमा औलो र खोप, जेठमा पोषण, महिनावारी, स्वच्छता र धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनको असर, असारमा डेङ्गु तथा लागुऔषध र यसको रोकथामको बारेमा सिकाइन्छ । साउनमा पूर्ण स्तनपान, तौल अनुगमन, विपद् र विपद् व्यवस्थापन, भदौमा आत्महत्या रोकथाम र किशोरकिशोरीको स्वास्थ्य, असोजमा रेबिज र मानसिक स्वास्थ्य, कात्तिकमा नसर्ने रोग र विषादीरहित खाद्य प्रवद्र्धनका लागि स्वास्थ्यकर्मीले कक्षा लिने भएका छन् । मङ्सिरमा एचआईभी/एड्स र लैङ्गिक हिंसा, पुसमा सडक दुर्घटना र सुरक्षा तथा सुरक्षित मातृत्व, माघमा आयोडिनको काम र प्रयोग, कुष्ठरोग तथा क्यान्सर, फागुनमा औषधिको समुचित प्रयोग, फोहर व्यवस्थापन तथा हात धुने विधि र चैतमा क्षयरोग, मुख स्वास्थ्य, खानेपानी लगायतका विषयमा स्वास्थ्यकर्मीले पढाउने छन् । कार्यालय प्रमुख शर्माका अनुसार जिल्लाका हरेक स्वास्थ्यचौकीमा चार÷पाँचजना स्वास्थ्यकर्मी छन् । गाउँका स्वास्थ्य संस्थामा बिरामीको चाप कम भएको बेलामा ती स्वास्थ्यकर्मीले आफ्नो पायकपर्ने विद्यालयमा पुगेर कक्षा लिँदा स्वास्थ्य क्षेत्रको मर्ममा प्रभावकारिता आउने अपेक्षा लिइएको उहाँले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा रहेका स्वास्थ्यकर्मी सबैसँग प्रविधिको ज्ञान नहुन सक्ने भएकाले कक्षा सञ्चालन गर्न आवश्यकपर्ने अध्यापन सामग्री कार्यालयले उपलब्ध गराएको छ । एउटा स्थानीय तहमा रहेका सबै स्वास्थ्यकर्मीले कम्तीमा एउटा कक्षा लिँदा मात्रै पनि यो अभियान सफल हुने स्वास्थ्य कार्यालयको विश्वास छ । जिल्लाका सातवटै स्थानीय तहमा तीन सयभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 61 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल