विद्युत् प्राधिकरणको नाफामा ३७ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नाफामा गिरावट आएको छ । प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को  करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ ।

आर्थिक बर्ष २०८०/८१ मा भएको नाफाको तुलनामा यो ३७.३२ प्रतिशत कम हो । आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणको कर अघिको नाफा १३ अर्ब ३० करोड थियो । २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटा बेहोरेको प्राधिकरण त्यसयता लगातार नाफामा छ ।

प्राधिकरणले निर्यातसहित विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.४६ प्रतिशत बढी हो । अन्य स्रोतबाट प्राप्त आम्दानीसहित २०८१/८२ मा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड र खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ भएको जानकारी दिइएको छ ।

प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । 

हाल प्राधिकरणले निजी निजी क्षेत्रबाट सञ्चालित २०४ आयोजना मार्फत २९ सय २९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यस्तै १४२ आयोजना ४३ सय ३ मेगावाट क्षमतासहित निर्माण चरणमा छन् । कुल ४२ सय ३ मेगावाट क्षमताका १४८ आयोजना विभिन्न चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

२०८१/८२ मा मात्रै ३१ निजी प्रवर्द्धकसँग ९३२ मेगावाटका जलविद्युत् आयोजना र ८ प्रवर्द्धकसँग १७० मेगावाट क्षमताका सौर्य आयोजना खरिद सम्झौता भएको छ । अहिलेसम्म निजी प्रवर्द्धकसँग कुल ११ हजार ४३६ मेगावाट बराबरको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ ।

  • Related Posts

    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    काठमाडौँ । अमेरिकाका नौसेना सचिव जोन फेलनलाई पदबाट हटाइएको छ । पेन्टागनले छोटो विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको भए पनि हटाउनुको स्पष्ट कारण खुलाएको छैन । मिडिया रिपोर्टका अनुसार…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    वीरगंजमा सडक विस्तार बाट पूर्ण भूमीहिन भएकालाई राहत दिन लगत संकलन सुरु-

    • April 24, 2026
    • 36 views
    वीरगंजमा सडक विस्तार बाट पूर्ण भूमीहिन भएकालाई राहत दिन लगत संकलन सुरु-

    भवानीपुर का कुर्मी परिवारको विवाहमा कानु युथको सहयोग, २५ हजार बराबरको खाद्य सामग्री हस्तान्तरण-

    • April 24, 2026
    • 95 views
    भवानीपुर का कुर्मी परिवारको विवाहमा कानु युथको सहयोग, २५ हजार बराबरको खाद्य सामग्री हस्तान्तरण-

    सशस्त्र प्रहरी बल नेपाल पर्सा द्बारा लाखौ मुल्य बराबरको २२ थान बिधुतिय स्कुटी नियन्त्रण-

    • April 24, 2026
    • 65 views
    सशस्त्र प्रहरी बल नेपाल पर्सा द्बारा लाखौ मुल्य बराबरको २२ थान बिधुतिय स्कुटी नियन्त्रण-

    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    • April 23, 2026
    • 43 views
    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    • April 23, 2026
    • 15 views
    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    • April 23, 2026
    • 27 views
    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त