विश्वकपका खेल सार्ने बंगलादेशको अनुरोध आइसीसीबाट अस्वीकार

 अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को टी- २० विश्वकप स्थल स्थानान्तरण गर्ने अनुरोधलाई अस्वीकार गरेको छ ।

आईसीसीले बंगलादेशले आफ्ना विश्वकपका सबै लिग खेलहरू भारतमा नै यस अघि सार्बजनिक गरिएको तालिका अनुसार खेल्नुपर्ने स्पष्ट गरेको छ । साथै आइसीसीले बंगलादेशले नाखेलेमा उसले अंक गुमाउने चेतावनी दिएको छ ।

बंगलादेश क्रिकेट बोर्डले मुस्ताफिजुर रहमानलाई आईपीएलबाट निकालिएपछि भारतमा आफ्ना खेलाडीहरु असुरक्षित हुनसक्ने भन्दै टी- २० विश्वकप खेलहरू भारतमा खेल्न अस्वीकार गरेको थियो । साथै बोर्डले आफ्ना खेलहरू श्रीलंकामा स्थानान्तरण गर्न आईसीसीलाई अपील गरेको थियो ।

रिपोर्ट अनुसार, आईसीसी अध्यक्ष जय शाह र अन्य अधिकारीहरू मंगलबार मुम्बईमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र बंगलादेश क्रिकेट बोर्डका अधिकारीहरुसँग यस विषयमा छलफल गरेका थिए ।

आईसीसीले स्पष्ट रूपमा प्रतियोगिता नजिक आइसकेका र कैयौ खेलका टिकट बिक्रि समेत भइसकेको, खेलाडी र अफिसियलका होटल र फ्लाइटका टिकटसमेत बुक भइसकेको हुनाले खेल स्थलहरूमा परिवर्तन गर्न असम्भव रहेको स्पष्ट गरेको छ ।

बंगलादेशमा पछिल्लो समय हिन्दूहरूमाथि लगातार भइरहेको आक्रमणपछि भारतमा त्यसको विरोध शुरु भएको थियो । विरोधको क्रममा बंगलादेशका खेलाडीलाई आइपिएलमा खेल्न दिन नहुने माग गरिएको थियो ।

बंगलादेशलाई टी- २० विश्वकपमा समूह सी मा रहेको छ । उसले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्गल्याण्डसँग सामना गर्नेछ । तीनवटै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा खेलिनेछ । साथै टोलीको अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग हुने तालिका रहेको छ ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 28 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 38 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 89 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 51 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 79 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 90 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-