श्रोत नखुलेको लाखौं रुपैंया सहित एक जना मानिस सशस्त्र प्रहरी द्वारा पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ असोज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज बाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो करिब ०१:५० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, भन्सार मेनगेट बाट श्रोत नखुलेको रु. ८ लाख ७ हजार सहित मानिस तथा भारतीय नम्बर प्लेटको मोटरसाईकल आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन नं.१३ गण पर्सा बाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुजय कुमार सिंहको कमाण्डमा ०३ जना र प्र.सि.सु.गुल्म बिरगञ्ज बाट सशस्त्र प्रहरी सहायक निरीक्षक मोहमद मुस्ताक अलीको कमाण्डमा खटिएको ०७ जनाको संयुक्त टोलीले भारत बाट नेपाल तर्फ आउदै गरेको BR 05 BF 0469 नम्बरको मो.सा.लाई चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको उल्लेखित रकम फेला परेको हुदा तथा मोटरसाईकल को अंदाजी मुल्य रु. १ लाख ५० हजार गरि जम्मा रु. ९ लाख ५७ हजार बराबरको र मानिस पर्सा जिल्लाको सखुवापर्सौनी गा.पा. ०५ बस्ने अन्दाजी बर्ष ४३ को राजेश कुमार साह तेली लिई बिरगञ्ज भन्सार कार्यालय मा बुझइएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्की ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 73 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 69 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 141 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views