सरकार परिवर्तनको कसरत ,जनमतले लियो समर्थन फिर्ता

काठमाडौँ  । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

जनमत पार्टीका तर्फबाट मधेश प्रदेश सभाका प्रमुख सचेतक चन्दनकुमार सिंहले हस्ताक्षर गरी सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए । तर यो पार्टीका तर्फबाट मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका अर्थमन्त्री महेशप्रसाद यादवले सरकारलाई दिएको समर्थन कायमै रहेको अर्को पत्र आज प्रदेश प्रमुखकहाँ पठाएका थिए । विवादकै विचमा अध्यक्ष सिके राउतले चन्दन कुमार सिंहलाई संसदीय दलको जिम्मेवारी दिएका छन् ।

यसैबीच जनता समाजवादी पार्टी नेपालले पनि आफ्ना सांसदहरूको हस्ताक्षर गराइसकेको छ । सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र आजै प्रदेश प्रमुखलाई बुझाउने तयारी छ । जसपा नेपालले पनि समर्थन फिर्ता लिएमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । मधेशमा एमालेको समर्थनमा जसपा नेपाल र जनमतसहितको सरकार बनाउने भित्रि तयारी गरिएको बताइएको छ ।

मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ ।

  • Related Posts

    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    स्याङ्जा । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । आइतबार विहानदेखि विद्युत् अवरुद्ध हुँदा…

    गैंडाको खागसहित तीन जना पक्राउ

    काठमाडौँ । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग जस्तो देखिने वस्तु १ थान सहित सोही महानगरपालिका-२४ न्यूरोड बस्ने ५० वर्षीय संजय मान सिंह…

    पहिलो

    नेप्सेमा ३ अर्ब १९ करोडको कारोबार

    • May 6, 2026
    • 19 views
    नेप्सेमा  ३ अर्ब १९ करोडको कारोबार

     चुनावपछि हिंसा: चार जनाको हत्या

    • May 6, 2026
    • 14 views
     चुनावपछि हिंसा: चार जनाको हत्या

    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    • May 6, 2026
    • 19 views
    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    गैंडाको खागसहित तीन जना पक्राउ

    • May 6, 2026
    • 15 views
    गैंडाको खागसहित  तीन जना पक्राउ

    गगन थापा-अध्यादेशमा सरकारले जालझेल गर्यो

    • May 6, 2026
    • 16 views
    गगन थापा-अध्यादेशमा सरकारले जालझेल गर्यो

    पूर्वविशिष्ट पदाधिकारीको सुबिधा बारे अध्ययन गर्दै सरकार, दोहोरो र असीमित सुविधा नियन्त्रण गरिने

    • May 6, 2026
    • 8 views
    पूर्वविशिष्ट पदाधिकारीको सुबिधा बारे अध्ययन गर्दै सरकार, दोहोरो र असीमित सुविधा नियन्त्रण गरिने