दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १६ असार । सशस्त्र प्रहरी बल नेपाल बीओपी, अमरपट्टी तथा बीओपी, प्रसौनी भाठ्ठा ले संयुक्त रुपमा मंगलबार बिहान करिब ०२:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका वडा नं. ०४, अमरपट्टी स्थित सीमा क्षेत्रबाट प्रतिवन्धित लागु औषध गाँजा सहित एकजना मानिसलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।
आज एक्का बिहानै उल्लेखित बीओपीहरु बाट खटिएको संयुक्त पैदल गस्ती टोलीले शंकास्पद अवस्थामा एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका व्यक्ति पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ०८, रामनगरी निवासी अन्दाजी वर्ष ५८ का मनोहर सहनी भारत तर्फ जाँदै गरेको अवस्थामा प्लास्टिकको बोरा भित्र राखि बोकी लगेको सामान जाँच गर्दा २ पोकामा ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो ।
बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थ तथा सम्बन्धित व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी, अमरपट्टीमा बुझाइएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले बताएका छन् ।







