१०८ अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने खुम्चियो

काठमाडौँ । बुधबार शेयर बजार १०८.३५ अंकले बढेको छ । तर कारोबार रकम भने खुम्चिएर १७ अर्ब ९५ करोड बढीको कारोबार भएको छ । अघिल्लो दिन (मंगलबार) शेयर बजार घट्दा पनि कारोबार रकमले भने ऐतिहासिक रेकर्ड तोडेको थियो ।

उक्त दिन पौने २४ अर्बको शेयर कारोबार भएको छ । बजार २७५९.६७ अंकमा अडिएको छ । आज नौ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

शेयर बजारमा गिरावट आएको भन्दै आजै लगानीकर्ताका संघसंस्थाले बजारविरुद्ध अभिव्यक्ति दिने सांसदको विरुद्ध वक्तव्य नै जारी गरेका थिए ।

कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ । यसको १ अर्ब ५३ करोड बराबरको शेयर कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र सानिमा माई हाइड्रोपावर परेका छन् । विगत एक महिनादेखि बढ्न थालेको बजारमा लगानीकर्ताहरू नाफा बुक गर्न तर्फ लागेका छन् ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 26 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 16 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 30 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि