१९ नेपाली नागरिक पक्राउ

बुटवल । रुपन्देहीमा क्यासिनोभित्र जुवा खेल्दै गरेका १९ नेपाली नागरिकहरू प्रहरीले पक्राउ गरेको छ। 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा सम्बन्धित कार्यालयबाट खटिएको संयुक्त टोलीले आकस्मिक अनुगमनका क्रममा जुवा खेलाउने कार्यमा संलग्न ४ जान र जुवा खेलिरहेका १५ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गएराती सिद्धार्थनगर नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा चेकजाँच गर्दा नेपाली नागरिकहरू जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए । सो क्रममा नगद तथा अन्य सामग्रीसहित उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

कारबाहीका क्रममा प्रहरीले ९५ हजार ५ सय नगद, विभिन्न कम्पनीका १७ थान मोबाइल सेट तथा २०० थान क्यासिनो सिक्का बरामद गरेको जानकारी दिएको छ ।

यसैगरी, जुवा खेलाउने कार्यमा संलग्न क्यासिनो व्यवस्थापकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Related Posts

    नेप्सेमा ३ अर्ब १९ करोडको कारोबार

    काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज बुधबार नेप्से १.६४ अंकले बघटेर २७११.२२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३६ कम्पनिका ७१ लाख ३१ हजार ५५७ कित्ता…

    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    स्याङ्जा । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । आइतबार विहानदेखि विद्युत् अवरुद्ध हुँदा…

    पहिलो

    नेप्सेमा ३ अर्ब १९ करोडको कारोबार

    • May 6, 2026
    • 19 views
    नेप्सेमा  ३ अर्ब १९ करोडको कारोबार

     चुनावपछि हिंसा: चार जनाको हत्या

    • May 6, 2026
    • 14 views
     चुनावपछि हिंसा: चार जनाको हत्या

    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    • May 6, 2026
    • 19 views
    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    गैंडाको खागसहित तीन जना पक्राउ

    • May 6, 2026
    • 15 views
    गैंडाको खागसहित  तीन जना पक्राउ

    गगन थापा-अध्यादेशमा सरकारले जालझेल गर्यो

    • May 6, 2026
    • 16 views
    गगन थापा-अध्यादेशमा सरकारले जालझेल गर्यो

    पूर्वविशिष्ट पदाधिकारीको सुबिधा बारे अध्ययन गर्दै सरकार, दोहोरो र असीमित सुविधा नियन्त्रण गरिने

    • May 6, 2026
    • 8 views
    पूर्वविशिष्ट पदाधिकारीको सुबिधा बारे अध्ययन गर्दै सरकार, दोहोरो र असीमित सुविधा नियन्त्रण गरिने