२१ बालबालिका मुटुरोगी

इलाम, २० पुसः इलाममा आज गरिएको स्वास्थ्य परीक्षणमा २१ बालबालिका मुटुरोगी भेटिएका छन् । नेपाल हर्ट फाउण्डेसन इलाम शाखाको आयोजना र गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य जाँच शिविरमा यहाँका तीन हजार आठ सय ८६ बालबालिकाको परीक्षण गरिएको थियो । तीमध्ये २१ जनामा मुुटुको समस्या देखिएको र आठ जनाको तुरुन्त शल्यक्रिया गर्नुपर्ने भएको फाउन्डेस सचिव रीता अधिकारीले जानकारी दिनुभयो । “इलाम बजारको आदर्श माध्यामिक विद्यालय र इलाम नगरपालिका–५, बरबोटेको अमर माध्यामिक विद्यालयमा परीक्षण गरियो ।” सचिव अधिकारीले भन्नुभयो, ‘आदर्शमा सात विद्यालयका दुई हजार ४२ र अमर माविमा १६ विद्यालयका एक हजार ४४ जना गरी तीन हजार आठ सय ८६ जनाको परीक्षण भयो ।’ उहाँका अनुसार बालबालिकामा बाथ मुटुरोग दुई जना र जन्मजात मुटुमा समस्या भएका १८ जना पाइएका हुन् । शिविरमा गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका मुटु विशेषज्ञ चिकित्सकले बालबालिकाको मुटु परीक्षण गरेका थिए । मुटुमा समस्या देखिएका बालबालिकाको शल्यक्रिया र सम्पूर्ण उपचार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क हुने उहाँले बताउनुभएको छ । पढिरहेका बालबालिकामा मुटुको समस्या देखिनुले उनिहरुको स्वास्थ्य संवेदनशीलतामा प्रश्न उठेको छ । बालबालिकाले चाँडै उपचार पाउनसके अध्ययनमा समस्या नहुने अभिभावकले चिन्ता व्यक्त गरेका छन् । ‘“बालबालिकामै यो समस्या देखिनुले हामीलाई चिन्तित बनाएको छ ।’” अभिभावक राधिका भट्टराईले भन्नुभयो, ‘अब तत्काल उपचार गराएर समाधान गर्न सरकारले पनि सहयोग गर्नुपर्छ ।’”

  • Bishnu Timalsina

    Related Posts

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्‍याएको छ ।  दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक,…

    कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु

    काठमाडौँ । डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला संक्रमण फैलिँदा धेरै मानिसको मृत्यु भएको छ । संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्कालको अवस्था…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 110 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 43 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल