५० किलोग्राम गाँजासहित एक महिला पक्राउ

वीरगञ्ज (पर्सा) । पर्सामा ५० किलोग्राम लागुऔषध गाँजासहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका-२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौं रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले लागुऔषधसहित पक्राउ परेकी गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा ५० किलोग्राम गाँजासहित पक्राउ गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो । “पक्राउ परेकी गुरौंलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान कार्य अघि बढाइरहेका छौँ”, भारतीले भने ।

यसैगरी प्रहरीले ३७ लाख ६२ हजार नौ सय १६ मूल्य पर्ने बिलविजकअनुसार नभएको औषधि तथा अन्य खुद्रा सामान पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१४ स्थित गण्डक सडकखण्डमा ना७ख १६३१ नम्बरको ट्रकमा बिलविजकअनुसार नभएको सामान पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरीले जनाएको हो ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 100 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 124 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल