जनकपुरधाम । पर्सा र बाराका स्थानीय तहमा हैजा रोगविरुद्धको खोप अभियान जारी रहेको छ ।

स्वास्थ्य मन्त्रालयले असोज २६ गतेदेखि शुरु भएको हैजाविरुद्धको खोप अभियानमा अहिलेसम्म ८ लाख ६४ हजार ५५३ जनालाई खोप खुवाइएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल पर्साका ५ एक लाख ४७ हजार ३११ जना र बाराका ३ लाख १७ हजार २४२ जनालाई खोप खुवाइएको छ ।

मन्त्रालयले दुवै जिल्लाका गरि १० लाख १८ हजार ६० जनालाई खोप खुवाउने लक्ष्य लिएको जनाएको छ ।  अहिलेसम्म लक्षित जनसंख्याको ८५ प्रतिशत जनसंख्यालाई हैजाविरुद्धको खोप खुवाइएको छ  । 

नेपाल सरकारले पर्सा र बारामा भएको हैजा महामारी नियन्त्रण गर्न इन्टरनेशनल कोर्डिनेटिङ ग्रुप अन भ्याक्सिन प्रोभिजनबाट हैजा विरुद्धको इयूभिचोल-एस खोप १० लाख १८ हजार ६० मात्रा प्राप्त गरेको जनाएको छ ।

साथै पर्सा जिल्लाका सबै स्थानीय तहमा र असोज २८ गते बारा जिल्लाका ६ स्थानीय तहमा हैजा रोगविरुद्धको खोप अभियान संचालन गरिने भनिएकोमा हाल खोप अभियान दुवै जिल्लाका सबै स्थानीय तहमा संचालन गरिएको छ ।

हैजा रोग विरुद्धको खोप एक बर्ष माथिका सबैलाई खुवाइने मन्त्रालयले जानकारी दिएको छ । यो खोप एक पटक मात्र दिइने र यसका लागि नजिकको स्वास्थ्य संस्था र वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यो खोप नि: शुल्क पाइने, सुरक्षित रहेको र खोपले जीवन रक्षा गर्ने हुनाले सबैले लिन मन्त्रालयले अपिल समेत गरेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन

    काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाह जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा देखिएका छन् । शुक्रबार बालेनले व्रह्माको मन्दिर समुद्घाटन गरेका हुन् । उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 17 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 29 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट