गुरुदेव कामत : शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय

काठमाडौँ, १७ साउन : नेपाली शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामत अस्ताउनुभएको छ । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि डायलासिस गरिरहनुभएका गुरुदेवको ६९ वर्षको उमेरमा आज निधन भएको हो ।

काठमाडौँमा उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उहाँ सपरिवार जन्मथलो सिरहाको पोखरभिन्डा फर्किनुभएको थियो । केही दिनदेखि स्वास्थ्यावस्था बिग्रिँदै गएपछि उहाँले खानपिन निकै कर्म गर्नुभएको थियो । नेपाली सङ्गीतका क्षेत्रमा गायक, सङ्गीतकार एवं सङ्गीत गुरुका रूपमा परिचित कामतको निधनमा सङ्गीतकर्मीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिनुभएको छ । नेपाल–भारत क्षेत्रमा प्रख्यात गुरुदेवको निधनले आफूलाई मर्माहत बनाएको सङ्गीतकार राजु सिंहले बताउनुभयो । उहाँसँग विसं २०५५ देखि नै सम्पर्कमा रहनुभएका सङ्गीतकार सिंहले पछिल्लो समय प्रत्यक्ष भेटघाट गर्न नपाए पनि टेलिफोनमार्फत कुराकानी गर्नुभएको थियो । “म आफैँ पनि बिरामी भएकाले गुरुदेवसँग प्रत्यक्ष भेट्न पाइन । किनकी उहाँलाई मिर्गाैलाको समस्या भएकाले मेरो कारण झन जोखिम हुन्थ्यो । उहाँको निधनले समग्र शास्त्रीय सङ्गीतलाई ठूलो क्षति पुगेको छ”, सङ्गीतकार सिंहले भन्नुभयो, “उहाँ शास्त्रीय सङ्गीत जति पोख्त हुनहुन्छ, त्यति नै सरल र बुझ्नेगरी सिकाउने गुरू । उहाँसँग निजी कक्षा लिने र नियमित कक्षा लिने थुप्रै विद्यार्थी अहिले गीतसङ्गीतको चम्किला तारा बन्नुभएको छ । उहाँको गीत सुनेर साधना पनि गर्दा पनि राम्रो सङ्गीत सिकिन्छ ।” जीवनलाई सङ्गीतमा समर्पण गरेर नेपालमा शास्त्रीय सङ्गीतलाई यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने गुरुदेव उपचारका लागि आर्थिक अभावले गाउँ फर्किनु नै दुःखद् रहेको उहाँले बताउनुभयो । “गुरुदेव स्वाभिमानी भएकाले कसैलाई केही भन्नुभएन । यद्यपि यस्ता स्रष्टालाई समस्या पर्दा राज्यले हेर्नुपर्छ । नत्र नयाँपुस्ताले के सोचेर सङ्गीतलाई आफ्नो जीवन बनाउँछन् ? सबैले सहयोग हुनुपर्थ्यो”, उहाँले भन्नुभयो । गुरुदेवको उपचारका लागि आर्थिक सहायता जुटाउन पहल गरिरहनुभएका कवि एवं मुक्तककार मुकुन्द पौडेलले आफूहरूले सक्दो कोशिस गरे पनि बचाउन नसकेको बताउनुभयो । “शास्त्रीय सङ्गीतमा उच्च नाम बनाउनुभएको एउटा सर्जकको यस्तो अन्त्य हुनुहुन्थेन । हामीले प्रयास गर्दागर्दै पनि बचाउन सकेनौँ । उहाँले जीवन सङ्गीतलाई दिनुभयो, धेरै शिष्य पाउनुभयो तर मिर्गाैला प्रत्यारोपणका लागि आवश्यक जोहो गर्न सकिएन”, उहाँले भन्नुभयो । गुरुदेवसँग नजिक रहनुभएका कलाकार राधेश्याम विश्वकर्माले उहाँको महत्त्व बुझ्न नसकेको गुनासो गर्नुभयो । “शुभेच्छुक केही व्यक्ति जम्मा भएर उहाँलाई गर्न सकिने सहयोगका विषयमा हालै छलफल गरेका थियौँ । सामाजिक सञ्जालमार्फत पनि आह्वान गरेका थियौँ । धेरैलाई चासो भएन, अहिले उहाँको स्वर्गारोहण भएपछि चासो बढेको छ । जीवित छँदै यस्तो चासो देखिएको भए राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो । शास्त्रीय गीतसङ्गीतसँगै आधुनिक गायनमा व्यस्त गायक युवराज चौलागाईंले गुरुदेवलाई विसं २०६० ताका भेटेको स्मरण गर्नुभयो । उहाँ गुरुदेव कहाँ शास्त्रीय गीतसङ्गीतकै क्रममा पुग्नुभएको रहेछ । “शास्त्रीय सङ्गीतमा केही गर्छु भन्नेले उक्त समयमा पुग्ने एउटा ठाउँ नै गुरुदेव हुनुहुन्थ्यो । उहाँले सिकाउने सरल र सभ्य शैलीले विद्यार्थीलाई आकर्षित गथ्र्याे । उहाँलाई सुन्न पाउँदा नै हामी धन्य हुन्थियौँ”, गायक चौलागाईंले भन्नुभयो । उहाँले गुरुदेवलाई शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय नै मान्नुहुन्छ । “शास्त्रीय गीतसङ्गीतको चर्चा गर्ने हो भने गुरुदेवविना सम्भव हुन्न, अपुरो हुन्छ”, उहाँले भन्नुभयो । स्वर्गीय गुरुदेवको तीन छोरा, एक छोरी र श्रीमती हुनहुन्छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 67 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल