मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकिने समयसम्म आधा मात्र काम 

१८ साउन, काठमाडौं । ८०.३३ किलोमिटर लामो मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको म्याद आगामी भदौमा सकिँदैछ । तर, काम भने अझै आधा पनि पूरा भइसकेको छैन ।

सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) का निर्देशक चुडाराज ढकालका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म यो आयोजनाको भौतिक प्रगति ४५.४२ प्रतिशत मात्र रहेको छ ।

यो आयोजनालाई दुई भागमा छुट्याएर काम भइरहेको छ । आँबुखैरेनी–जामुनेसम्म ४१.४५ किलोमिटरका काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । जामुनेदेखि पोखरा पृथ्वीचोकसम्मको ३८.८८ किलोमिटर सडक विस्तारको काम भने आनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीबाट भइरहेको छ । यी दुवै खण्डको काम समयमै पुरा नहुने निश्चित भइसकेको छ ।

पूर्वी खण्डको काम २०७७ वैशाखदेखि सुरु भएको हो भने पश्चिम खण्डको काम २०७८ भदौदेखि सुरु भएको हो । आयोजनाका अनुसार यस अवधिमा कोरोना महामारीसहितका समस्या आउँदा काममा ढिला भएको हो । यसबाहेक सडकको बीचमा रहेका बिजुलीका पोल, रुख बिरुवा तथा घर टहरा समयमै हटाउन नसक्दा समेत आयोजनाको कामले अपेक्षित गति लिन सकेको थिएन । यो आयोजनामा भूगोल हेरेर २१ देखि ४५ मिटरसम्म सडक फराकिलो बनाउने लक्ष्य छ । आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) ले सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराएको छ ।

४२ महिनाभित्र काम सक्ने गरी राजमार्ग विस्तारको जिम्मा आनहुई काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको हो । उक्त सडक खण्डको म्याद ०८१ भदौमा सकिँदैछ । मुग्लिनदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा माघ २०७७ मा ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । यो आयोजनाले साइट क्लियरेन्समा धेरै झमेला बेहोर्नु परेको थियो । दमौलीको मुख्य बजारका घरटहरा भत्काउने काम एक वर्ष अगाडिबाट मात्र सुरु गरिएको छ ।

सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) को पछिल्लो तथ्यांक अनुसार यो आयोजनामा ३२.३२ किलोमिटर सडकमा चार लेन नै कालोपत्र गर्ने काम सम्पन्न भइसकेको छ । यहाँ कुल ८०.३३ किलोमिटर कालोपत्र गर्नुपर्ने छ । दुई लेन एकतर्फी कालोपत्र गर्ने काम भने २०.८९ किलोमिटर सम्पन्न भएको छ । प्रगति विवरण केलाउँदा यो आयोजनाले आव २०८०/८१ मा केही गति लिएको देखिन्छ । सडक कालोपत्र गर्ने काम अधिकांश यसै आवमा भएको विवरणमा उल्लेख छ ।

आयोजनाका अनुसार यस सडक विस्तारका दौरान कुल २८८ स्थानमा कल्भर्ट बनाउनु पर्ने छ । त्यसमध्ये अघिल्लो आवसम्म २२९ वटा बनिसकेका छन् । कुल २९ वटा साना–ठूला पुल निर्माण गर्नुपर्नेछ । अहिलेसम्म २४ वटा पुल निर्माण भएको देखिएको छ । साइड ड्रेनतर्फ कुल १००.८५ किलोमिटर निर्माणको लक्ष्य छ । गत आवसम्म ४९.९१ किलोमिटर साइड ड्रेन निर्माण भइसकेको आयोजनाले जनाएको छ । यस प्रकार असार मसान्तसम्म यो आयोजनाको भौतिक प्रगति ४५.४२ प्रतिशत पुगेको हो । गत आवमा मात्र २५.६१ प्रतिशत भौतिक प्रगति भएको देखिएको छ ।

चालु आवलाई साढे ९ अर्ब बजेट

यो आयोजनालाई चालु आवमा समेत गति दिने तयारी छ । सोहीकारण सरकारले समेत ठूलो बजेट विनियोजन गरेको छ ।

चालु आवमा आँबुखैरेनी–पोखरा खण्डको कालोपत्र र मुग्लिन–आँबुखैरेनी खण्डको विस्तारलाई ९ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस वर्ष भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले कुल १ खर्ब ५० अर्ब रुपैयाँको बजेट पाएकोमा साढे ९ अर्ब रुपैयाँ यो सडकले पाएको हो । जुन मन्त्रालयले पाएको बजेट हिस्साको साढे ६ प्रतिशत हाराहारी हो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल