कञ्चनपुरबाट नरभक्षी बाघ बर्दिया ल्याइयो

बर्दिया । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया ल्याइएको छ ।

घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ ।

नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो । बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा भाँचिएका, पञ्जा, खुट्टा कमजोर, ढाडमा घाउ भएको एउटा खुट्टाको घाउमा कीरा परेको निकुञ्जका पशु चिकित्सक आयुष महर्जनले बताए ।

घटनास्थल क्षेत्र सीमावर्ती भारतीय जंगलनजिक रहेकाले बिरामी बाघ उतैबाट आएको हुनसक्ने अनुमान गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका खोरमा ६ वटा समस्याग्रस्त पाटेबाघ राख्नसक्ने क्षमता छ । यहाँ तीनवटा बाघ बिरामी छन् । आर्थिक अभावका कारण पर्याप्त मासु खुवाउन नसकिएको उनको गुनासो छ । बाघको सरसफाइ, खुला ठाउँ, उपचार, अनुगमनमा पनि समस्या छ । रासस

  • Related Posts

    राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्कीका सभामुख कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता

    काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसदका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका सङ्घको १५२औँ महासभामा सहभागी हुन इस्तानबुल पुगेका अध्यक्ष दाहालले टर्कीका…

    इरानको दबाब मान्दैनौं- ट्रम्प

    काठमाडौँ । अमेरिकाले इरानको दबाब नमान्ने स्पष्ट पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरुका विषयमा दबाब सिर्जना गरिरहेको भए पनि अमेरिका नझुक्ने बताएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा…

    पहिलो

    राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्कीका सभामुख कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता

    • April 19, 2026
    • 13 views
    राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्कीका सभामुख कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता

    इरानको दबाब मान्दैनौं- ट्रम्प

    • April 19, 2026
    • 15 views
    इरानको दबाब मान्दैनौं- ट्रम्प

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 41 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 29 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 30 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ