काठमाडौं(तराईरमधेस द्रुतमार्ग सडक आयोजना अन्तरगत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ(तराईरमधेस द्रुतमार्ग सडक
आयोजना अन्तर्गत प्याकेज नं।२ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङ
मार्गको जोडी सुरुङ(Twin Tube Tunnel) मध्ये १,७२८ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फको
सुरुङ मार्ग आज मिति २०८१ श्रावण २१ गते सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले स्विच थिचेर
ब्रेक थ्रु गर्नु भएको छ ।
सम्माननीय प्रधानमन्त्रीले सुरुङ मार्ग ब्रेक थ्रु कार्यक्रममा बोल्नुहुँदै काठमाडौँ तराईरमधेस द्रुतमार्ग सडक
आयोजनाको निर्माण कार्य नयाँ प्रविधियुक्त ढङ्गले अघि बढिरहेकोमा खुसी व्यक्त गर्दै निर्माण कार्यमा आबद्ध
सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । नेपालका लागि राष्ट्रिय गौरव तथा विशेष महत्त्व राख्ने यस आयोजना
नेपालको विकास निर्माणमा नमुनायुक्त रहेको बताउँदै उहाँले नेपाल टनेल युगमा प्रवेश गरेको समेत उल्लेख
गर्नु भयो । प्रधानमन्त्रीले काठमाडौँ(तराईरमधेस द्रुतमार्ग सडक आयोजना निर्माण कार्यमा आउने बाधा
व्यवधानहरूलाई समाधान गर्न नेपाल सरकार हर हमेसा तत्पर रहेको उल्लेख गर्दै तोकिएको समयावधिभित्र
कार्य सम्पन्न गर्ने गरी अघि बढ्न सम्बद्ध सबै निकायलाई निर्देशन दिनु भयो ।
३। सो अवसरमा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले नेपाली सेना द्रुतमार्ग निर्माण कार्य
निर्धारित समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउँदै आयोजना निर्माण कार्यमा नेपाल सरकार लगायत सम्बद्ध
निकायबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो ।
४। आजको कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवं अर्थ मन्त्री श्री विष्णु पौडेल, माननीय भौतिक
पूर्वाधार तथा यातायात मन्त्री, रक्षा मन्त्री, वन तथा वातावरण मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष,
प्रतिनिधि सभा सदस्य, नेपाल सरकारका मुख्य सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरू, मित्र राष्ट्र चीन

।
तथा दक्षिण कोरियाका महामहिम राजदूत, रथीवृन्द, सञ्चारकर्मी लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक
तथा गैर सैनिक व्यक्तिहरूको उपस्थिति थियो ।
यस्तै, मिति २०८१ ज्येष्ठ ११ गते धेद्रे सुरुङ मार्गको जोडी सुरुङ मध्ये निजगढबाट काठमाडौँ तर्फ
आउने १,६५३ मिटर लम्बाइको सुरुङ मार्ग छिचोलिएको थियो । यससँगै आयोजनामा निर्माणाधीन लेन
डाँडा र धेद्रेका दुवै जोडी सुरुङ (Twin Tube Tunnel) हरू छिचोलिएका छन् ।








