हिदीमा ‘एक घर, एक धारा’

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार दुई सय ५१ को लागतमा आयोजना निर्माण भएको हो । आयोजनामार्फत ६४ घरमा एक–एक र स्थानीय सिद्ध शान्ति माविमा दुई वटा धारा जडान गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पुनले बताए ।

“सबै घरमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ”, उनले भने, “खानेपानीका लागि सार्वजनिक धारा, कुवा, पँधेरामा धाउँदा हुने समयको बचतका साथै सहज भएको छ ।”

हिदी मङ्गला गाउँपालिकाको विकट र दुर्गम क्षेत्रमा पर्ने बस्ती हो । त्यहाँका बासिन्दाले यसअघि सार्वजनिक धारा, कुवा र मुहानबाट व्यक्तिगत लगानीमा पाइपमार्फत घरघरमा पानी लगेर उपभोग गर्दै आएका थिए । व्यवस्थित रूपमा वितरणपछि पानीको मितव्ययी प्रयोग हुन थालेको छ ।

पानीका कारणले समाजमा विवाद हुन छाडेको छ । सबैले आवश्यकताअनुसार भनेको समयमा पानी प्रयोग गर्न पाएका छन् । आयोजनाको दिगो सञ्चालनका लागि महसुल निर्धारण र हेरालुको व्यवस्था गर्ने उपभोक्ता समितिका अध्यक्ष पुनले बताए ।

छहरा टाउको, चुच्चे ओखर र लामो छहरामा रहेका तीन वटा मुहानको पानीलाई तीन वटा ट्याङ्कीमा सङ्कलन गरी आठ हजार दुई सय मिटर पाइप लाइनमार्फत वितरणको व्यवस्था मिलाइएको छ । आयोजना निमाणका लागि नेवा संस्थाले रु २२ लाख २० हजार नौ सय ४३ र मङ्गला गाउँपालिकाले रु १० लाख ६४ हजार दुई सय ६३ सहयोग गरेका नेवाका प्राविधिक गोर्खबहादुर शाहीले बताए ।

रु १२ लाख छ हजार पाँच सय ३७ बराबरको श्रमदान गरेका उपभोक्ताले रु एक लाख ९२ हजार पाँच सय आठ नगद पनि लगानी गरेका छन् ।

नेवा, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा आर्थिक वर्ष २०८०/८१ मा हिदीसहित मङ्गलाको र्यालेखोर–खुम्लिया–भाइवाङ र खानीगाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएको छ । खुम्लिया, र्यालेखोर र भाइवाङका एक सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा आठ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ । र्यालेखोरको आयोजना लिफ्ट प्रविधिको हो । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल