वीरगंज महानगरको लक्ष्य ‘जहाँ खाली, त्यहाँ हरियाली’-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ३१ श्रावण  । वीरगंज महानगरपालिकाले ड्राइपोर्ट परवानीपुर सडकलाई हरियाली बनाउन बृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

आइसीपी देखि हरपतगंज चोकसम्मको डिभाइडरमा यस अघि नै वृक्षारोपण गरेर हरियाली बनाइसकेको महानगरले बिहीबार अपौनीतर्फको सडक डिभाइडरमा बृक्षारोपन गरेको हो ।

ड्राइपोर्ट देखि परवानीपुर सम्मै सडकको डिभाइडरमा बृक्षारोपण गर्ने लक्ष्य महानगरले राखेको छ ।

बृक्षारोपणले हरित सहर बनाउन मद्धत पुग्नुका साथै सडक सौन्दर्य पनि झल्किने भएकाले बृक्षारोपण प्राथमिकताका साथ गर्ने अभियान अघि बढाइएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

महानगरले शंकराचार्यद्वारदेखि गण्डकसम्मको बाइपास सडकमा बृक्षारोपण गरेर यस अघि नै हरियाली बनाउने काम गरिसकेको छ । अब बाँकी रहेका सडक डिभाइडर तथा किनारामा बृक्षारोपण सक्ने कार्यलाई अघि बढाइएको महानगर प्रमुख सिंहले बताउनुभयो ।

‘जहाँ खाली, त्यहाँ हरियाली’ भन्ने लक्ष्य लिएर आफूहरुले सडक डिभाइडर तथा महानगरभित्रका सार्वजनिक तथा ऐलानी जग्गाहरुमा बृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिएको बताउनुभयो ।

महानगरले ड्राइपोर्ट परवानीपुर सडकको डिभाइडरमा म्याङ्गो स्टिक, गुल्मोहर, पिपल, समी (फाइकस बेन्जाइना), अशोक, निम लगायत विभिन्न प्रजातीका बिरुवा रोपेको छ । बिहीबार ५ सय बिरुवा रोपिएको महानगरपालिकाको वातावरण शाखा प्रमुख राकेश जयसवालले जानकारी दिए ।

बृक्षारोपण कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, डिभिजन वन कार्यालयका प्रमुख सुनिललाल कर्ण, ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतान लगायतको सहभागिता रहेको थियो ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल