राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दश जना स्रष्टालाई सम्मान गरेका छन्।

सांस्कृतिक समाज नेपालले आज आयोजना गरेको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटनपछि राष्ट्रपति पौडेलले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत योगदान पुर्‍याउने युक्तित्वहरूलाई सम्मान गरे।

राष्ट्रपति पौडेलले साहित्यकार राजेन्द्रसिंह रावल, अभिनेता विराज भट्ट, खेलाडी दीपक विष्ट, देउडा गायक नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्तप्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्रबहादुर साउदलाई सम्मान गरेका थिए।

राष्ट्रपति पौडेलले समाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गरे। कार्यक्रममा गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि सहभागी थिए। कार्यक्रममा समाजका अध्यक्ष रामप्रसाद अवस्थीले गत वर्षदेखि सुरु गरिएको स्रष्टा सम्मान तथा देउडा महोत्सवलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।

  • Related Posts

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुने वा सिध्याइने कल्पना नगर्न चेतावनी दिएका छन् । उनले राप्रपा धेरै कार्यकर्ताको रगत, पसिना र युवावस्था…

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन्। पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा शाह यसै साता पोखरा भ्रमणमा जान लागेका…

    पहिलो

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    • April 19, 2026
    • 30 views
    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    • April 19, 2026
    • 27 views
    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    • April 19, 2026
    • 27 views
    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    • April 19, 2026
    • 25 views
    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    • April 19, 2026
    • 26 views
    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    अमेरिकाले छोड्यो सिरिया

    • April 19, 2026
    • 24 views
    अमेरिकाले छोड्यो सिरिया