श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४ गोलको अग्रता

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० गोलको अग्रता लिएको छ ।

पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सविता राना मगर र सावित्रा भण्डारी साम्बाले एक-एक गोल गरे । खेलको आठौँ मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले दायाँ साइडबाट उपलब्ध गराएको क्रसमा पेनाल्टी स्पटको ठिक अगाडिबाट सबिताले वान टचमै गोल गरिन् ।

जारी साफमा पहिलो पटक खेलिरहेकी सावित्राले ११औँ मिनेटमा उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । प्रीति राईको थ्रो पासमा विमल विकले दिएको पासमा सावित्राले करिब २५ यार्ड टाढाबाट सुन्दर गोल गरेकी थिइन् । यस संस्करणमा पहिलो गोल गरेकी सावित्राले नेपालका लागि गोल संख्या ५४ पुर्‍याइन् ।

त्यसको दुई मिनेटपछि नै रेखाले अमिसा कार्की पासमा गोल गर्दै नेपालको अग्रता ३(० बनाइन् । अघिल्लो खेलमा मालदिभ्सविरुद्ध एक्लै पाँच गोल गरेकी रेखाको जारी साफमा यो छैटौँ गोल हो । रेखा सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छिन् । श्रीलंकाविरुद्ध पाँच गोल गरेकी भुटानकी फरवार्ड देकी लाजोमले अहिलेसम्म सर्वाधिक ७ गोल गरेकी छन् ।

रेखाले नै ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले पहिलो हाफमा ४(० को अग्रता बनायो । सावित्राले श्रीलंकालाई डिफेण्डरलाई छलाउँदै बक्स भित्रबाट हानेको बल रेखालाई लाग्दै गोल भएको हो ।

पहिलो हाफमै नेपालले गोल गर्ने अरु अवसर पनि पाएको थियो । तर फिनसिङ राम्रो हुन सकेन । समूह बी बाट भुटान यसअघि नै सेमिफाइनल पुगिसकेको छ । नेपाललाई समूह बी को विजेता बन्न श्रीलंकालाई गोलले हराउनुपर्नेछ । ६ भन्दा बढी गोल भएको खण्डमा भने नेपाल पाँच गोल अन्तरले जित हात पारे पनि समूह विजेता बन्नेछ ।

भुटानले तीन खेलबाट ७ अंक जोडेको छ । समूह ए बाट डिफेण्डिङ च्याम्पियन बंगलादेश समूह विजेता र भारत समूहे उपविजेता बनेर सेमिफाइनल पुगिसकेका छन् ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 18 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 22 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि