जोमसोमको सहायक गन्तव्य क्षमाताल

म्याग्दी । चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल । पूर्वतर्फ उभिएको निलगिरि हिमाल । तालमा देखिने हिमालको छायाँ । शान्त र एकान्त वातावरण । चराहरूको चिरबिर–चिरबिर आवाज । नजिकैको खर्कमा रहेका भेडाच्याङ्ग्रा, चौँरीगाई र घोडाका गोठ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको क्षमातालको मनमोहक र सुन्दर छ । समुद्री सतहदेखि तीन हजार चार सय ५० मिटर उचाइमा रहेको क्षमाताल पुग्न जोमसोमबाट ठिनी हुँदै ४५ मिनेट सवारीसाधन र एक घण्टा पैदलयात्रा गर्नुपर्छ ।

निलगिरि हिमालको उत्तरपश्चिमी मोहोडाको फेदीमा रहेको क्षमाताल गोलो आकारको छ । ठूलो तालको नजिकै केही माथि अर्को सानो र गोलो आकारको ताल छ । करिब तीन सय मिटर लम्बाइ र एक सय ५० मिटर चौडाइमा फैलिएको नीलो रङको तालमा निलगिरि हिमालको छायाँ देखिने घरपझोङ गाउँपालिका–५ ठिनीका पूर्णलाल थकालीले बताए।

“जानअन्जानमा गरेका गल्तीलाई सम्झिएर क्षमा माग्ने र कमजोरी नदोहोर्‍याउने प्रतिबद्धतासहित स्थानीयले पूजाआजा गर्ने भएकाले क्षमा नामकरण गरिएको यो ताल वरपर लसुन र प्याज प्रयोग गरिँदैन”, थकालीले भने, “पहिले स्थानीय युवायुवती बर्खामा वनभोज खान आउने क्षमातालमा पछिल्लो दुई वर्षयता विदेशी र स्वदेशी पर्यटक पनि आउन थालेका छन् ।”

ताल परिसरमा बसेर घण्टौँसम्म टहलिन, निलगिरि हिमाल र हिमालबाट खस्ने हिउँ पहिरो अवलोकन गर्न यहाँ सौखिन किसिमका पर्यटक आउने गरेका जोमसोमको सिन्तामणि होटलका कर्मचारी अनिष गौचनले बताए। दुई जना रसिया र एक जना नेपाली पर्यटक घुमाउन क्षमताल पुगेका गौचनले यो ठाउँलाई पर्यटकले रुचाएका बताए । “मुस्ताङको पाँच दिनको हाम्रो होटलको प्याकेजमा क्षमाताललाई पनि समावेश गरेका छौँ”, उनले भने, “हिमाल हेर्दै हाइकिङ गरेर क्षमाताल घुम्न आउने पर्यटकबाट राम्रो प्रतिक्रिया पाएका छौँ ।”

मुस्ताङ घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन क्षमाताललाई जोमसोमको सहायक गन्तव्यका रूपमा विकास गर्न लागिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले बताए । क्षमातालको धार्मिक महत्त्व र प्राकृतिक सौन्दर्यको प्रचारप्रसारका साथै तालसम्म पुग्ने र त्यहाँदेखि तिलिचो ताल जाने पदमार्ग निर्माण गर्ने कामलाई निरन्तरता दिएको उनले बताए।

क्षमातालको नजिकै रहेको कैशाङमा नेपाली सेनाको उच्च स्थानको तालिम केन्द्र छ । तिब्बतबाट भागेर आएका खम्पा विद्रोहीहरूलाई भगाएर नेपाली सेनाले क्याम्प बनाएर बसेको हुँदा कैशाङ सामारिक महत्वको सुरक्षाका हिसाबले संवेदनशील ठाउँ पनि हो । कैशाङ क्याम्पसम्म सडक पुगे पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर वैकल्पिक पदमार्ग बनाइएको छ ।

ठिनीखोलाको बगरैबगर यात्रा गर्नुपर्ने भएकाले बर्खायाममा बाढी आउँदा समस्या हुने गरेको छ । ताल परिसरमा सार्वजनिक शौचालय र खानेपानीको व्यवस्थापन गर्नुपर्ने त्यहाँ पुगेका पर्यटकले बताएका छन् ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 85 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल