अमेरिकी फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने

राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रो पटक अमेरिका फिर्ता हुने घोषणा गरेपछि अर्बपति माइकल ब्लुमबर्गले आफ्नो फाउन्डेसनले संयुक्त राष्ट्र जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने घोषणा गर्नुभएको छ । ब्लुमबर्गको यो हस्तक्षेपले संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज (युएनएफसिसिसी) लाई पूर्ण रूपमा वित्तपोषण गर्ने लक्ष्य राख्दछ । यद्यपि अमेरिकाले आफ्नो योगदान रोकेको छ । अमेरिकाले साधारणतया युएनएफसिसिसी सचिवालयको बजेटको २२ प्रतिशत योगदान गर्दछ । युएनएफसिसिसीको परिचालन खर्च २०२४–२०२५ मा आठ करोड ८४ लाख युरो अनुमान गरिएको छ । “सन् २०१७ देखि २०२० सम्म सङ्घीय गैर–कार्यको अवधिमा सहर, राज्य, व्यवसाय र सार्वजनिक क्षेत्रले हाम्रो राष्ट्रको प्रतिबद्धतालाई सम्मान गर्न चुनौती स्वीकार गरेका थिए र अब हामी फेरि तयार छौँ”, जलवायु महत्त्वाकांक्षा र समाधानका लागि संयुक्त राष्ट्रका विशेष दूत ब्लुमबर्गले एक विज्ञप्तिमा भन्नुभयो । अमेरिकी सङ्घीय असंलग्नताका कारण सिर्जित खालीपनलाई भर्न ब्लुमबर्गले कदम चालेको यो दोस्रो पटक हो । सन् २०१७ मा ट्रम्प प्रशासनले पेरिस सम्झौताबाट पहिलो पटक फिर्ता लिएपछि ब्लुमबर्गले युएनएफसिसिसीलाई सहयोग गर्न एक करोड ५० लाख डलरसम्म दिने वाचा गर्नुभएको थियो । उहाँले ‘अमेरिकाको प्रतिबद्धता’ नामक पहल पनि सुरु गर्नुभएको छ । यसले सङ्घीय स्तर बाहेकका अमेरिकी जलवायु प्रतिबद्धताहरूको अनुगमन र प्रतिवेदन गर्दछ । यसले विश्वलाई अमेरिका अझै पेरिस सम्झौताको पूर्ण पक्ष हो जस्तै प्रगति अनुगमन गर्न सक्षम बनाउँछ । ब्लुमबर्गले यो पटक पनि अमेरिकी रिपोर्टिङ दायित्वहरू पालना गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्याउनुभयो । “यस्ता योगदानहरू संयुक्त राष्ट्र जलवायु परिवर्तन सचिवालयलाई मुलुकहरूलाई पेरिस सम्झौता अन्तर्गत आफ्ना प्रतिबद्धताहरू पूरा गर्न र कम उत्सर्जन, लचिलो, र सुरक्षित भविष्यको लागि अघि बढ्न महत्त्वपूर्ण छन्”, संयुक्त राष्ट्रका जलवायु प्रमुख साइमन स्टिलले भन्नुभयो ।

  • Bishnu Timalsina

    Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 13 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 17 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 20 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 11 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 24 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि