देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो

दमौली (तनहुँ), १३ माघः प्रसिद्ध देवघाटमा जारी ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको आगमन बढ्दो छ । माघे सङ्क्रान्तिदेखि सुरु भएको महामहोत्सव माघ महिनाभर चल्नेछ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको देशविदेशका श्रद्धालु भक्तजनको विशाल उपस्थितिमा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्नुभएको थियो । महामहोत्सवमा दैनिक भक्तजनको उपस्थिति बढ्दै गएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शनिबार देशका विभिन्न ठाउँबाट भक्तजनको बाक्लो उपस्थिति रहेको थियो ।” विश्व जागरण महाअभियान ट्रष्टका संस्थापक सु–प्रसिद्ध कथावाचक ईश्वरकृष्ण महाराजको सत्सङ्कल्पमा महामहोत्सव सञ्चालन भइरहेको छ । महोत्सवको प्रमुख आकर्षणमा अखण्ड हरिनाम सङ्कीर्तन, १०८ श्रीमद्भागवत पाठ, एक लाख २५ हजार श्रीफल हवन, एक लाख शीलापुजन र शिलान्यास, ११ अर्ब रामनाम लेखन र पूजन तथा ३३ कोटी दीप प्रज्वलनजस्ता धार्मिक गतिविधि रहेका छन् । देशविदेशका ख्यातिप्राप्त कथा वाचकले महोत्सवलाई थप विशेष बनाइरहेका छन् । विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डे, देवी प्रतिभा, पूज्या यशोदा माता र युवा कथावाचक ओमप्रकाश सुवेदीले प्रवचनद्वारा श्रद्धालुलाई आध्यात्मिक ज्ञान प्रदान भइरहेको आयोजकको भनाइ छ । भक्तजनहरूको सुविधाका लागि उत्कृष्ट व्यवस्थापन गरिएको छ । करिब १० हजार व्यक्तिको दैनिक भोजन र आवासको निःशुल्क व्यवस्था गरिएको छ भने २० हजारभन्दा बढी व्यक्तिलाई समेट्नसक्ने तीन भव्य पण्डाल निर्माण गरिएको छ । शुद्ध पानी, शौचालय, प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाइएको छ भने वृद्धवृद्धा तथा अशक्त व्यक्तिका लागि यातायातको विशेष व्यवस्था गरिएको छ । सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालित गरिएको छ । महामहोत्सवमा सङ्कलित रकम तनहुँको देवघाटमा निर्माणाधीन मातापिता सेवा आश्रममा खर्च गरिनेछ । उक्त आश्रममा तीन सय ६५ कोठा रहनेछन् । उक्त आश्रम निर्माणका लागि हालसम्म जमिन प्राप्तिलगायतका कार्य पनि सम्पन्न भइसकेका छन् भने एक सय २० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ । वृद्धवृद्धाका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ आश्रम निर्माण भइरहेको छ । विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजजीको सत्सङ्कल्प र नेतृत्वमा निर्माणाधीन मातापिता सेवा आश्रमले धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको ट्रस्टले जनाएको छ । यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने महामहोत्सवका सङ्कल्पकर्ता ईश्वरकृष्ण महाराजले बताउनुभयो ।

  • Bishnu Timalsina

    Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 76 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल