गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

–   मुनामदन सिलवाल

काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम् सेवा परिचालन व्यवस्था उपसमितिअन्तर्गत सेवा कार्य सम्पन्न भएको छ । फागुन १४ गते महाशिवरात्री पर्वका दिन भक्तजनहरूलाई लक्षित गर्दै गौरीघाट सुधार समितिको समन्वयमा डिभाईन युथ क्लब, नेपाल, पशुपति दैनिक शुभ भजन समूह, शान्ति सेवा गृह, पद्म श्री कलेज, भोलेन्सर एण्ड रिसर्च, क्रियटिभ युथ ग्रुप नेपाल, वत्सालय सदन, विश्व हिन्दू परिषद्, नेपाल, ॐ निरञ्जन वरदेवी निर्माण सेवा, स्वर्ग मातृभूमि नेपाल, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, त्रिचन्द्र बहुमुखी क्याम्पसलगायतले सेवा प्रदान गरेका हुन् । साथै पशुपति क्षेत्र विकास कोषको स्वयम् सेवक पास गौरीघाट सुधार समितिमार्फत २४ वटा संस्थाहरूलाई वितरण गरिएको थियो ।

पशुपतिनाथ दर्शनका लागि आएका श्रद्धालु भक्तजनहरूलाई लाईन व्यवस्थापन तथा स्वयंसेवा बिहान २ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म गरिएको थियो । साथै, भक्तजनहरूलाई लक्षित गर्दै समितिले निःशुल्क स्वास्थ्य परीक्षण, ल्यावटेष्ट र औषधी वितरण समेत गरिएको थियो । सो शिविरबाट जम्मा ६९१ जना लाभान्वित भएको गौरीघाट सुधार समितिका अध्यक्ष राजकुमार खड्गीले बताए ।

पशुपति दर्शनका लागि लाईनमा बसेका भक्तजनहरूलाई खानेपानी, जुस, चियाका साथै डिजेमार्फत शिव ताण्डव नृत्यका साथै भक्तिसंगीत समेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा नायक पल शाह र दिपिकाले अभिनय गरेको मायवी चलचित्रको प्रचार–प्रसारको ब्यानर समेत राखिएको थियो ।

उक्त शिविर कार्यक्रम समापन कार्यक्रम गौरीघाट सुधार समितिका अध्यक्ष राजकुमार खड्गीको सभापतित्व तथा बागमती प्रदेश सभासद् माननीय श्रीराम लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि निःवर्तमान वागमती प्रदेश सभासद् तथा वरिष्ठ समाजसेवी नरोत्तम वैद्य, अतिथिहरुमा का.म.पा. वडा नंं ७ का वडा सदस्य उज्ज्वल अर्याल, सुरेश शाही, कल्पना कलश सुन्दाश र चर्चित कलाकार पल शाह र दिपिकालगायतको उपस्थित रहेको थियो ।  शिविरमा खटिएका ३० जना स्वास्थ्यकर्मी तथा प्राविधिकहरूलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभासद् माननीय श्रीराम लामिछानेले प्रसंशा–पत्र वितरण गरी थप हौसला प्रदान गरेका थिए ।

गौरीघाट सुधार समितिका सचिव विष्णुप्रसाद तिमल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रम सम्पन्न गर्न समाजसेवी मोहनमणि आचार्य, डि.आर. मोबाइलका सञ्चालक काजल खड्गी, स्माइल फोटो स्टुडियोका सञ्चालक कमल तामाङ, ऋषि इलेक्ट्रोनिकका सञ्चालक ऋषि शाह, सि.आर.ग्यारेजका सञ्चालक आशिष पौडेल, डि.जे.सञ्चालक वसन्त लामालगायतले आर्थिक तथा भौतिक सहयोग समेत प्रदान गरेका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 73 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 70 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 142 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views