विश्वकप छनौट: इटाली विजयी, कोसोभोसँग हार्यो स्विडेन

काठमाडौँ । फिफा विश्वकपको युरोप छनौट अन्तर्गत इटालीले इजरायललाई पराजित गरेको छ भने स्विडेन कोसोभोसँग हारेको छ ।

गएराती सम्पन्न खेलमा इटालीले इजरायललाई ५-४ गोल अन्तरले पराजित गरेको हो । इटालीको जितमा मोइज कीन, माटेओपोलिटानो, गियाकोमो रासपानडोरी र सान्द्रो टोनालीले एक एक गोल गरेका थिए ।

त्यस्तै इजरायलका लागि डोर पेरेजले २ गोल गरेका थिए भने इटालीका मानुएल लोकाटेली र अलेसान्द्रो बासटोनीले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह आइ मा रहेको इटालीको ४ खेलमा ९ अंक भएको छ र हाल समुहमा दोस्रो स्थानमा छ । त्यस्तै इजरायलको ५ खेलमा ९ अंक रहेको छ र हाल समुहमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै समुह बी मा रहेको स्विडेन कोसोभोसँग २-० गोल अन्तरले पराजित भएको छ । कोसोभोको जितमा एल्भिस रेक्स बेकाज र भेडाट मुरिकीले एक एक गोल गरेका थिए । 

यो जितपछि कोसोभोको २ खेलमा ३ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी स्विडेनको २ खेलमा एक अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ ।

  • Related Posts

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    आइपिएलमा आज दुई खेल हुदै

    काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबीच हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३:४५ बजेदेखि शुरु…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 26 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 25 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 23 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 33 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 28 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 23 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का