हमासलाई आत्मसमर्पण गर्न प्यालेस्टिनी राष्ट्रपति अब्बासको आव्हान

काठमाडौँ । प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधनको क्रममा हमासलाई आफ्ना हतियारहरू आत्मसमर्पण गर्न अपील गरेका छन् ।

राष्ट्र संघका १५० भन्दा बढी देशले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएपछि राष्ट्रपति अब्बासले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधनको क्रममा हमासलाई आफ्ना हतियारसहित आत्मसमर्पण गर्न अपील गरेका हुन् ।

अमेरिकाले अब्बास र अन्य प्यालेस्टिनी अधिकारीहरूको भिसा रद्द गरेपछि प्यालेस्टिनी राष्ट्रपतिले भिडियो लिङ्क मार्फत संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका थिए ।

अब्बासले आफ्नो सम्बोधनमा स्थायी युद्धविरामको आवश्यकतामा जोड दिए । उनले गाजाको प्रशासनमा हमासको कुनै भूमिका नहुने बताए । उनले हमासलाई प्यालेस्टिनी प्राधिकरणलाई आफ्ना हतियारहरू आत्मसमर्पण गर्न आग्रह गरे । प्यालेस्टिनी राष्ट्रपतिले भने- ‘हामी हतियार बिनाको संयुक्त राष्ट्र चाहन्छौं ।’

प्यालेस्टिनी राष्ट्रपतिले अक्टोबर ७, २०२३ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको घटनाको पनि निन्दा गरे । इजरायलका जनतालाई सम्बोधन गर्दै उनले भने- ‘हाम्रो र तपाईंको भविष्य शान्तिमा निर्भर छ । अब हिंसा र युद्ध होइन ।’

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

     बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । आगामी दुई वर्षभित्र करिब दुई हजार कर्मचारी हटाइने जनाइएको छ, जसले कुल कर्मचारीको झण्डै १० प्रतिशतलाई…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 40 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 29 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 30 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 21 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 34 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि