नेशनल मेडिकल कलेजमा विद्यार्थी–शिक्षकको सहभागितामा च्यारिटेबल फेस्ट भव्यतापूर्वक सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, ०७ असोज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा “Charitable Cultural Fest & Award Affiliation Ceremony” भव्यतापूर्वक सम्पन्न भएको छ ।कार्यक्रमको उद्देश्य चिकित्सा शिक्षा मात्र नभई समाजसेवा, सिर्जनात्मकता र नेतृत्वतालाई प्रोत्साहन गर्ने रहेको आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा मुख्य अतिथिका रूपमा प्रा.डा. जैनुदिन अन्सारी – अध्यक्ष, नेशनल मेडिकल कलेज र विशिष्ट अतिथिका रूपमा शहनवाज अन्सारी – प्रबन्ध निर्देशक, नेशनल मेडिकल कलेजको विशेष उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता प्रा.डा. के. एन. सिंह – प्रिन्सिपल, नेशनल मेडिकल कलेजले गर्नुभएको थियो।

त्यसैगरी शैक्षिक निर्देशक – डा. रुबी श्रेष्ठ यास्मिन, अस्पताल निर्देशक – डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिंग निर्देशक – आबिद हुसेन अन्सारी, नेशनल मेडिकल कलेज च्यारिटेबल सोसाइटीका अध्यक्ष डा. रबीशंकर गुप्ता (उप-प्रिन्सिपल), नर्सिङ निर्देशक, उप-प्रिन्सिपल नर्सिङ, विभिन्न संकायका प्राध्यापक, विद्यार्थी र प्रशासनिक अधिकृतहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रममा गरिमा थपेको थियो ।

कार्यक्रममा स्वागत नृत्य, भाषण, विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुति, च्यारिटेबल सोसाइटी तथा नेपाल हेल्थ कोर्प्सको वार्षिक प्रतिवेदन प्रस्तुति, पुरस्कार वितरण तथा चेक हस्तान्तरण जस्ता आकर्षक गतिविधिहरू सम्पन्न भए ।

कार्यक्रमले उत्कृष्टता पहिचान, नेतृत्व विकास, सिनियर–जुनियर बीचको सम्बन्ध मजबुत बनाउने, सामाजिक उत्तरदायित्वप्रति जागरुकता बढाउने र विद्यार्थीलाई आत्मविश्वासी बनाउने अपेक्षा गरिएको आयोजक समितिको भनाइ छ ।

नेशनल मेडिकल कलेज चैरेटेबल सोसाइटीले विगतदेखि नै निःशुल्क स्वास्थ्य परीक्षण शिविर, बृक्षारोपण, रक्तदान, कपडा वितरण, जनचेतना कार्यक्रम, खेलकुद र सांस्कृतिक गतिविधि, तथा विभिन्न सामाजिक सेवामूलक कार्य गर्दै आएको छ ।

नेशनल मेडिकल कलेजले यस्ता कार्यक्रममार्फत “Beyond Medicine, Towards Humanity” को सन्देशलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    सरकारले कसरी खाली गराउदै छ सुकुम्बासी बस्ति ? यी हुन् ११ बुँदे निर्णय

    काठमाडौँ । काठमाडौँ उपत्यका भित्रको अव्यवस्थित बस्ती हटाउने विषयमा सरकारले विभिन्न निर्णय गरेको छ । शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षमा शुक्रबार मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले…

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँका नदी किनारमा वर्षौँदेखि जोखिमपूर्ण अवस्थामा बसिरहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले हरेक वर्ष बाढीका कारण हजारौँ मानिसले…

    पहिलो

    ऐन महर बने एमालेको प्रमुख सचेतक

    • April 24, 2026
    • 1 views
    ऐन महर बने एमालेको प्रमुख सचेतक

    सरकारले कसरी खाली गराउदै छ सुकुम्बासी बस्ति ? यी हुन् ११ बुँदे निर्णय

    • April 24, 2026
    • 12 views
    सरकारले कसरी खाली गराउदै छ सुकुम्बासी बस्ति ? यी हुन् ११ बुँदे निर्णय

    सुकुम्बासी तथा भूमिहीनको उचित व्यवस्थापन गर्न लागिएको हो- नेपाल प्रहरी

    • April 24, 2026
    • 12 views
    सुकुम्बासी तथा भूमिहीनको उचित व्यवस्थापन गर्न लागिएको हो- नेपाल प्रहरी

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्

    • April 24, 2026
    • 8 views
    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्

    नेपाली सेनाको नेतृत्वमाथि भ्रामक टिप्पणी नगर्न अपिल

    • April 24, 2026
    • 12 views
    नेपाली सेनाको नेतृत्वमाथि भ्रामक टिप्पणी नगर्न अपिल

    संसद अधिवेशन स्थगन बारे काँग्रेसले के भन्यो ?

    • April 24, 2026
    • 12 views
    संसद अधिवेशन स्थगन बारे काँग्रेसले के भन्यो ?