रागासा आँधीको प्रभाव फिलिपिन्सदेखि हङकङ, ताइवान र चीनसम्म

काठमाडौँ । हङकङमा सुपर टाइफुन रागासाका कारण दुई दिनदेखि भारी वर्षा भइरहेको छ । रोयटर्सका अनुसार यो २०२५ को सबैभन्दा खतरनाक आँधी हो । यसको प्रभाव ताइवान र चीनसम्म महसुस भइरहेको छ । ताइवानमा आँधीका कारण १४ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।

हङकङमा २०० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । हङकङ अब्जर्भेटरीले आगामी केही घण्टामा आँधी घना बस्ती भएका शहरहरूको नजिक पुग्ने चेतावनी दिएको छ । दिउँसोसम्म समुद्रको सतह ४ मिटरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।

समुद्री पानीले हङकङको फुलर्टन होटल डुबानमा परेको छ, जसले गर्दा उल्लेखनीय क्षति भएको बताइएको छ । त्सुङ क्वान र लान्टाउ टापुमा विमानस्थल नजिकै बाढीले समुद्री तटहरू क्षतिग्रस्त बनाएको बताइएको छ । चीनको मौसम विज्ञान ब्यूरोले रागासालाई ‘टाइफुनको राजा’ भनेको छ । रागासा एक फिलिपिनो शब्द हो जसको अर्थ ‘जोशिलो’ भन्ने हुन्छ ।

हङकङ विमानस्थल पनि आँधीबाट प्रभावित भएको छ । सुरक्षा कारणले सयौं उडानहरू रद्द गरिएका थिए, जसले गर्दा हजारौं यात्रुहरू अलपत्र परेका थिए । शहरको मेट्रो र बस सेवाहरू पनि अवरुद्ध भएका थिए । धेरै क्षेत्रमा पानी जम्मा हुँदा पसल र घरहरूमा क्षति पुगेको छ। अधिकारीहरूले बासिन्दाहरूलाई घरभित्रै बस्न र आश्रय लिन सल्लाह दिएका छन् ।

ताइवानको अवस्था अझ भयावह भएको बताइएको छ । भारी वर्षाका कारण पहिरो र बाढी आएको छ भने राहत र उद्धार कार्य जारी छ ।

खराब मौसमका कारण सेना र उद्धार टोलीहरूले कठिनाइको सामना गरिरहेका छन् । धेरै क्षेत्रहरूमा बिजुली र सञ्चार सेवाहरू अवरुद्ध भएका छन्, जसले गर्दा स्थानीय बासिन्दाहरूलाई ठूलो समस्या भएको छ ।

१२ करोड ५० लाखभन्दा बढी मानिसहरू बसोबास गर्ने चीनको ग्वाङडोङ प्रान्तको तटमा पुग्दा यसले आफ्नो सुपर टाइफुनको तीव्रता कायम राख्ने अपेक्षा गरिएको छ ।

चीनको ग्वाङडोङ प्रान्तमा मात्र ७ लाख ७० हजार मानिसहरूलाई सुरक्षित स्थानमा लागिएको छ । ग्वाङझोउ र शेन्जेन जस्ता प्रमुख शहरहरूमा विद्यालय, यातायात र हवाई सेवाहरू बन्द गरिएका छन् भने २.८ मिटर अग्ला सम्म छालहरू आउने चेतावनी दिइएको छ ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 32 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 63 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 52 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 83 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 131 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-