चाडपर्व लक्षित ट्राफिक वाक

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलको संयुक्त आयोजनामा चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि ट्राफिक वाक कार्यक्रम सम्पन्न भएको छ । 

‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित काठमाडौँको रानीपोखरीबाट रणोद्धिप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म विभिन्न जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गर्दै जनपद प्रहरी ट्राफिक प्रहरी र महानगर प्रहरी बलको विशेष र्‍याली भएको थियो ।  र्‍याली प्रदर्शन पश्‍चात् काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले चाडपर्वलाई सुरक्षित र दुर्घटना रहित बनाउनका लागि ट्राफिक नियमको पालना गरेर सभ्य समाजको निर्माण गर्नमा सबैले प्रतिबद्ध रहनुपर्ने बताए र त्यसका लागि आजको कार्यक्रम लाभदायी हुने समेत उल्लेख गरे । 

कार्यक्रमका विशिष्ट अतिथि हृदयरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले देशको वर्तमान परिवेशमा पनि चाडपर्वको समयमा यस्तो कार्यक्रम आयोजना गरिनु समाजका लागि प्रशंसनीय रहेको बताए । साथै उनले चाडपर्वको बहानामा कोही कसैले पनि मादक पदार्थ सेवन गर्ने, तीब्र गतिमा सवारी गुडाउने तथा लागूपदार्थको सेवन गर्ने कार्य गर्नु हानिकारक हुने कुरामा जोडदिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ओम बहादुर रानाले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अहिलेको परिस्थितिमा विभिन्न अभावसँग जुध्दै ट्राफिक व्यवस्थापनमा खटिरहेको र सडक प्रयोगकर्ताको सुरक्षित यात्राका लागि ट्राफिक प्रहरी प्रतिबद्ध रहेको बताए । उक्त कार्यक्रममा जनपद प्रहरी, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी बलका पदाधिकारी, उपत्यका भित्रका सामुदायिक प्रहरी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 63 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 70 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 77 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 99 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 90 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 89 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-