गाजामा शनिबारदेखि युद्धविराम लागु हुने, ७२ घण्टाभित्र सबै बन्धक रिहा गरिदै:-नेपालका विपिन जोशी को अवस्था अझै अज्ञात

काठमाडौँ । इजरायली सरकारले युद्धविराम सम्झौता अनुमोदन गरेको २४ घण्टापछि शनिबार बिहानदेखि गाजामा युद्धविराम लागू हुने भएको छ ।

युद्धविरामको ७२ घण्टा भित्र बन्धकहरूलाई रिहा गरिने बताइएको छ । हाल हमासले बन्धक बनाएका बीस जना इजरायलीहरू अझै जीवित रहेको विश्वास गरिएको छ । यी बन्धकहरूको बदलामा, इजरायलले आफ्नो जेलबाट सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न सहमत भएको छ । 

सबै बन्धकहरुको रिहाई हुने भनिएको भएपनि नेपालका विपिन जोशी र इजरायलका सैनिक तामिर निमरोदीको अवस्था अझै अज्ञात रहेको छ । हमासले बन्धक बनाएका अन्य २६ जनाको मृत्यु भएको बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सम्झौताको वार्तामा सहयोग गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । नेतान्याहूलाई आफ्नै राजनीतिक उद्देश्यका लागि द्वन्द्व लम्ब्याएको आरोप लगाइएको छ । यसैबीच, हमास गाजा प्रमुख खलील अल-हय्याले अमेरिका र अन्य मध्यस्थकर्ताहरूले युद्ध समाप्त भएको ग्यारेन्टी दिएको बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 79 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल