भारतले रुसबाट इन्धन नकिन्ने ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रुसबाट तेल नकिन्ने दाबी गरेका छन् ।

ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भारतले रुसबाट तेल किनेकोमा आफु खुसी नभएको बताउदै मोदीले रुसबाट तेल नकिन्ने आश्वासन दिएको दाबि गरेका हुन् । ट्रम्पले भनेका छन्- भारतले रुसबाट तेल किनेकोमा म खुशी थिइनँ, तर आज उहाँले (प्रधानमन्त्री मोदी) मलाई रुसबाट तेल नकिन्ने आश्वासन दिनुभयो । अब हामीले चीनलाई पनि त्यस्तै गर्न लगाउनुपर्छ ।’

अमेरिकाले अगस्ट २०२५ मा रूसबाट तेल खरिद गर्दा भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाइसकेको छ । पहिले, यसले २५ प्रतिशत पारस्परिक कर लगाएको थियो, जसले गर्दा भारतमा कुल कर ५० प्रतिशत पुगेको छ ।

ट्रम्पको दावीको बारेमा, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत तेल र ग्यासको एक प्रमुख खरिदकर्ता भएको बताउदै सार्वजनिक हितको रक्षा गर्नु सधैं पहिलो प्राथमिकता रहेको बताएका छन् ।

उनले भनेका छन्- ‘हाम्रा आयात नीतिहरूले यो उद्देश्य पूरा गर्छन् । ऊर्जा नीतिका दुई उद्देश्यहरू छन्: पहिलो, स्थिर मूल्य कायम राख्नु र दोस्रो, सुरक्षित आपूर्ति कायम राख्नु । यस उद्देश्यका लागि, हामी हाम्रा ऊर्जा स्रोतहरू फराकिलो बनाउँछौं र बजार अवस्था अनुसार विविधीकरण गर्छौं। संयुक्त राज्य अमेरिकाको कुरा गर्ने हो भने, हामी धेरै वर्षदेखि हाम्रो ऊर्जा खरिदहरू विस्तार गर्न प्रयासरत छौं। विगत एक दशकमा यस सन्दर्भमा स्थिर प्रगति भएको छ ।’

उनले अमेरिकी प्रशासनले भारतसँग ऊर्जा सहयोग विस्तार गर्न चासो देखाएको छ र छलफलहरू जारी रहेको बताएका छन् ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 61 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 125 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views