प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज द्वारा कटुवा पेस्तोल सहित दुई जना नियन्त्रण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज ले आज दिउँसो करिब १२:३० बजेको समयमा एउटा कटुवा पेस्तोल सहित दुई जना लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बुधबार त्यहाँ बाट खटिगएको सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जना र भारतीय समकक्षी SSB 47 BATTALION A COMPANY HEADQUARTERS, PANTOKA बाट खटिएको ५ जनाको संयुक्त गस्ती टोलीले बीरगंज महानगरपालिका वडा नं. १६, इनर्वा र भारत तर्फ जिल्ला पूर्वी चम्पारण नुनियाडी पंचायत वडा नं. १, अहिर्वा स्थित सानो सीमा स्तम्भ नं. ३९०/२२ नजिकै संयुक्त गस्ती गर्ने क्रममा ति दुई जना पक्राऊ परेका छन् ।

पक्राउ परेका दुबै जना नेपाल कै बीरगंज महानगरपालिका वडा नं ०५, कुम्हालटोल घर बताउने अन्दाजी वर्ष १८ को सुमित कुमार मण्डल र बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा नं ०७ बस्ने अन्दाजी वर्ष २८ को संजय कुमार साह कलवार झाडीमा लुकी छिपी बसेको अवस्थामा फेला पर्दा निजहरु बसेको स्थानमा नै बोरा भित्र कटुवा पेस्तोल एक थान फेला परेको थियो ।

फेला परेको कटुवा पेस्तोल र ती दुवै जनालाई आजै आवश्यक अनुसन्धान तथा कारबाहिको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 39 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 78 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 56 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 86 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 133 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-