१७औँ शताव्दीको यिताचपा पुननिर्माण सम्पन्न

 काठमाडौँ महानगरपालिकाको वडा नम्बर २७ असनमा यिताचपा सत्तल, गणेश मन्दिर, नारायण मन्दिर, उमा महेश्वर मन्दिर, डवली र भोटाहिटीमा रहेको कलश द्वारसहित पुननिर्माण सम्पन्न गरिएका सांस्कृतिक सम्पदाहरुको उद्घाटन गरिएको छ । 

यी संरचनामध्ये यिताचपा सत्तल, सबैभन्दा धेरै लागत भएको अर्थात् २ करोड ८४ लाख २९ हजार ४५६ रुपियाँमा निर्माण सम्पन्न भएको योजना हो  । यसको लागत अनुमान भ्याटसहित २ करोड ९१ लाख ३२ हजार ५०४ रुपियाँ थियो । यो कामका लागि शुभश्री न्यू ए टु जेड जेभीलाई २०८१ जेठ २१ गते कार्यादेश दिइएको थियो । सत्तलको पुनःनिर्माण गर्दा इटा, चुनासुर्की, बालुवा, काठ, ढुङ्गा, तेलिया इटा, झिँगटी प्रयोग गरिएको छ । 

आर्किटेक्ट अमित बज्राचार्यका अनुसार सत्तलको लम्बाई ६९ फिट र चौडाई १३ फिट १० इञ्च छ । २ तले २ पाखे सत्तलका दुवै तला तला ९५४.२७ वर्गफिटका छन् । भुईँतलामा जान ३ कवलपछि ढोका छ । पहिलो तलामा जान पूर्वतर्फ बाहिरबाट काठको भर्याङ् राखिएको छ । भुईँतलाको उत्तर खण्डमा १० कवल पसल छन् । आर्किटेक्ट बज्राचार्यका अनुसार, भुईँतलाको पूर्वतर्फ महाङ्काल, कृष्ण र बुद्धको मूर्ति राखिएका छन् । भित्र दक्षिणपट्टिको गारोसँगै ११ वटा प्रस्तर थाम र तोरण राखिएका छन् । यसमा अन्नपूर्ण द्यःछेँका गुथियारहरुले दशैमा पूजा गर्ने गरेका छन् । त्यसैमा एउटा नास द्यः (नाटयेश्वर) को मूर्ति पनि छ ।  पहिलो तलाको पूर्वमा आगम कोठा छ । यसमा लुँपौ गुथिले पूजाआजा गर्ने गरेका छन् । बाँकी भाग खुला छ । 

असनबाट बालकुमारीतर्फ अन्नपूर्ण मन्दिरसँगै रहेको सत्तल इतःचपा हो । यो सत्रौँ शताव्दीभन्दा अगाडि नै निर्माण भएको संरचना मानिन्छ । नेपाल मण्डलबाट व्यापारका लागि भोट जाने व्यापारीहरुका लागि निर्माण गरिएको मानिन्छ । परदेशमा गएपछि रोगव्याध आउन सक्छ । फर्किनेवित्तिकै परिवारसँग भेट गर्नु हुँदैन । निश्चित अवधि घुलमिल गर्नुहुँदैन, भन्ने सामाजिक विश्वाश अनुसार लामो समय व्यापार गर्न गएकाहरुलाई निश्चित समय छुट्टै बस्न बनाइएको बासस्थान हो । 

भोट व्यापार गरेर फर्किएपछि घर जानुअघि १५ दिन यहाँ क्वारेन्टिन बस्नु पथ्र्यो । त्यसपछि भोटाहिटीमा नुहाएपछि मात्र घर जान पाइन्थ्यो । यसरी हेर्दा इतःचपा तत्कालीन समयमा सामाजिक चेतनाको विम्ब पनि हो ।  यो संरचना जीर्ण भएपछि प्रयोग विहिन थियो । यसको संरचनागत जोखिमले पैदलयात्रीहरुलाई समेत जोखिम थियो । यो अवस्थामा रहेको संरचनालाई पुनःनिर्माण गरेर अहिले मौलिक स्वरुपमा फर्काइएको छ । 

सत्तलको अगाडिपट्टि पसल कवल छन् । पछाडिपट्टि भजन गर्ने स्थान र नास द्यःछेँ रहेका छन् । संरचनाको इतिहास हेर्दा अभिलेखहरूमा सत्रौँ शताब्दीभन्दा अगाडि नै निर्माण भएको पाइएको छ । 

काठमाडौँको व्यस्त व्यापारिक केन्द्र असन बजारको यो संरचना प्राचीनता, मौलिकतासँगै कलाका दृष्टिले पनि महत्वपूर्ण छ । सत्तलका झ्याल, थाम, मेठ, बार्दली कलात्मक छन् । झिँगटीयुक्त छानोले सत्तलको सुन्दरता प्रदर्शन गरेको छ ।  आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार करिब गणेश मन्दिर, नारायण मन्दिर र उमा महेश्वर मन्दिरको पुननिर्माण लागत करिब ८३ लाख रुपियाँ हो । यस्तै डवली करिब ४ लाख रुपियाँ लागतमा मर्मत भएको छ । कलश द्वारको लागत करिब ७ लाख २५ हजार रुपियाँ हो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 77 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल