काठमाडौँ महानगरमा आधारभूत तह उत्तीर्ण परीक्षा चैत ५ गतेदेखि

काठमाडौँ महानगरले शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ । चैत ५ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि आधारभूत तह परीक्षा समितिको आज बसेको बैठकले परीक्षा केन्द्र तोकेको हो । गएको माघ १४ गते बसेको बैठकले चैत ५ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

यस वर्ष ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थी आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुँदैछन् । यसमा १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा छन् । विद्यालयको प्रकृतिका आधारमा हेर्दा, २ वटा कारागार र एउटा विशेषसहित ७७ वटा सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना र ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थीले परीक्षामा सहभागी सहभागी हुने परीक्षा समितिका अध्यक्ष एवं शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । उनका अनुसार गएको वर्ष १८ हजार २९४ जना विद्यार्थीले परीक्षा दिएका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यस वर्ष ८२३ जना बढी विद्यार्थीले परीक्षा दिँदैछन् । 

परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउँदै संस्थागत विद्यालयहरुको कक्षा ८ को वार्षिक परीक्षासमेत महानगरपालिकाबाटै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण हुनेछ । यस वर्ष होम सेन्टर नपर्ने गरी ४७ वटा सामुदायिक विद्यालयमा र १० वटा संस्थागत विद्यालयमा गरेर ५७ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको समितिका सदस्य सचिव एवं विद्यालय व्यवस्थापन महाशाखा प्रमुख इन्द्रप्रसाद दाहालले जानकारी दिए । 

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    • June 28, 2026
    • 69 views
    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    बीरगञ्जमा सरसफाइ कर्मीहरु आन्दोलित, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधान गर्न ठेकेदारलाई निर्देशन-

    • June 28, 2026
    • 66 views
    बीरगञ्जमा सरसफाइ कर्मीहरु आन्दोलित, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधान गर्न ठेकेदारलाई  निर्देशन-

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 122 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 119 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 90 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 114 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-