महावीर पुनलाई ‘थुक्क’ भने बापत पक्राउ परेका विकास गुरुङ रिहा

पोखरामा किताब सांसद महावीर पुनलाई अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् ।

पोखराको पृथ्वीचोकमा फागुन २५ गते किताब बेचिरहेका महावीर पुनसँग भनाभन भएपछि गुरुङले थुकेर हिडेका थिए । पुनको अपमान गरिएको भन्दै सामाजिक सञ्जाल र मिडियामा कडा आलोचनापछि उनलाई प्रहरीले विहिबार महेन्द्र पुलबाट पक्राउ गरेको थियो ।

पुनले गुरुङले गल्ति महसुस गरेपछि यो विषय अगाडी नबढाउने भने पछि उनलाई छोडिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गुरुङले सडकमा किताब बेचिरहेका पुनलाई सांसदको काम किताब बेच्ने हो भन्दै प्रश्न गरेका थिए । त्यसपछि पुनसँग भनाभन भएपछि उनले पुनतर्फ लक्षित गर्दै थुक्क भनेर त्यहाँबाट गएका थिए ।

यसै विषयप्रति संकेत गर्दै पुनले भनेका छन्- ‘ किताब बेचिरहेको स्थानमा आएर कृपया राजनीतिक वा असम्बन्धित प्रश्नहरू नसोध्नुहोस् । यहाँ यसै पनि किताब किन्नेहरूको भिडभाड हुन्छ । यस्ता असम्बन्धित प्रश्नले अनावश्यक तनाव पैदा गर्छ, म पनि त मानिसलाई हुँ रिस उठ्छ । रिस उठेपछि भनाभन सुरु हुन्छ र अन्ततः कुरो बिग्रिन्छ ।’

  • Related Posts

    के शहनशिलता को उदाहरन बन्दै इरान

    काठमाडौँ । अमेरिकाले लगाएको समुद्री नाकाबन्दीका कारण इरानलाई करिब ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको तेल आम्दानी गुमेको बताइएको छ। एक्सियोसको रिपोर्ट अनुसार यो आँकडा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले…

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि युरोपेली संघबाट आयात हुने कार तथा ट्रकमा भन्सार शुल्क बढाएर २५ प्रतिशत पुर्‍याइने बताएका छन् । ट्रम्पका अनुसार युरोपेली संघले यसअघि भएको…

    पहिलो

    के शहनशिलता को उदाहरन बन्दै इरान

    • May 2, 2026
    • 26 views
    के शहनशिलता को उदाहरन बन्दै इरान

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    • May 2, 2026
    • 23 views
    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    • May 2, 2026
    • 25 views
    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    • May 2, 2026
    • 24 views
    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    • May 2, 2026
    • 23 views
    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    बुद्धको १५ फिट लामो सिंहशैय्यासन 

    • May 2, 2026
    • 26 views
    बुद्धको १५ फिट लामो सिंहशैय्यासन