अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडी प्रदर्शन

फेब्रुवरी २८,  २०२६ मा इजरायल र अमेरिकाले इरानमा हवाइ आक्रमण गरे पश्चात जारी अमेरिका-इजरायल र इरानबीचको युद्ध तत्काल  अन्त्य गरि  शान्ति प्रवद्र्धनका लागि विशेष पहल गर्न आग्रहसहित मानव  अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित अमेरिका, इजरायलका राजदुताबास र इरानको कन्सुलेट कार्यालय अगाडी एकै दिन प्रदर्शन गरेको छ । 

विहिअब्र अमेरिकाः आक्रमणकारी भुमिका बन्द गर, अरु देशको सार्वभौमसत्ताको सम्मान गर, इजरायलः बर्बरता र आक्रामकता बन्द गर । शान्तिपूर्ण सहअस्तित्वको मार्ग अवलम्वन गर, इरानः आणविक महत्वाकांक्षा परित्याग गर, आफ्नै नागरिक माथि दमन र अत्याचार बन्द गर भन्दै  काठमाण्डौ महाराजगन्जस्थित अमेरिकी राजदूतावास र लाजिम्पाटस्थित इजरायली राजदुतावास अगाडि विहान  र दरवारमार्गस्थित इरानी कन्सुलेट कार्यालय अगाडि मध्यान्ह आधा घण्टा प्रदर्शन भएको थियो । 

प्रदर्शनमा शान्तिवादीहरुले ‘युद्ध रोकः शान्ति प्रबद्र्धन गर, युद्धको बीज शासकहरूको अहंकार, हाम्रो चाहनाः हिंसारहित समाज–युद्धरहित विश्व, युद्धको खेती बन्द गर, शान्तिको सन्देश बुलन्द गर, युद्धको विस्तार मानवजातिको विनाश’ लेखिएका प्लाकार्ड  बोकेका थिए ।

प्रदर्शन पश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र अमेरिकी राजदूतावासमा हस्तान्तरण गरिएको थियो । 

यसैगरी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको पत्र इजरायली दूतावासले लिन नमानेको हुदा इमेलबाट पठाएको मानव  अधिकार तथा शान्ति समाजले जनाएको छ । 

साथै इरानी राष्ट्रपति मसुद पेजेश्कियन लाई लेखिएको पत्रमा  इरानलाई आणविक महत्वाकांक्षा परित्याग गर्न र इरानमा लोकतन्त्र बहाली गर्न सादर आग्रह गरिएको छ । सो पत्र इरानी कन्सुलेट कार्यालयमा हस्तान्तरण गरिएको थियो ।

स्मरणीय छ, शान्ति समाजले इजरायलको बर्बरता र इरानको आणविक महत्वकांक्षा दुवै विश्व शान्तिका लागि खतरा भएको धारणासहित पटक पटक प्रदर्शन गरेको थियो । 

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापति गोविन्द  खनाल, सल्लाहकार रामप्रसाद जोशीसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो । 

यसैगरी युद्ध तत्काल  अन्त्य गरि शान्ति प्रवद्र्धनका लागि विशेष पहल गर्न आग्रहसहित मानव  अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुले बुटवल, सुर्खेत, भरतपुर, नेपालगन्ज, नुवाकोट, सल्यान, पाल्पा, पोखरा, बिर्तामोड, तेह्रथुम र तम्घासमा प्रदर्शन गरेका थिए ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 50 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 53 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 89 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 53 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 80 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 95 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-