राशफोर्ड र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिकोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्कश राशफोर्ड र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि गिउलिआनो सिमेओनले एक गोल गरेका थिए ।

यस खेलमा एटलेटिको म्याड्रिडका निकोलस गोन्जालेजले खेलको पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाउदा १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता बढाएको छ । बार्सिलोनाको ३० खेलमा ७६ अंक भएको छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा स्पष्ट ७ अंकले अगाडी भएको छ । त्यस्तै एटलेटिको म्याड्रिडको ३० खेलमा ५७ अंक रहेको छ र लिगमा चौथो स्थानमा छ ।

  • Related Posts

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    आइपिएलमा आज दुई खेल हुदै

    काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबीच हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३:४५ बजेदेखि शुरु…

    पहिलो

    सहिम मियाँको घरमा सर्ट सर्किट भई आगलागी हुँदा लाखौं मूल्य बराबरको छति-

    • April 26, 2026
    • 83 views
    सहिम मियाँको घरमा सर्ट सर्किट भई आगलागी हुँदा लाखौं मूल्य बराबरको छति-

    भ्रामक र साम्प्रदायिक अभिव्यक्ति प्रति महानगरको आपत्ति-

    • April 26, 2026
    • 74 views
    भ्रामक र साम्प्रदायिक अभिव्यक्ति प्रति महानगरको आपत्ति-

    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    • April 26, 2026
    • 11 views
    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    • April 26, 2026
    • 19 views
    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • April 26, 2026
    • 23 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते

    • April 26, 2026
    • 19 views
    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते