मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

हाल देशभर पूर्णतया बादल लागेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धैरे स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा भईरहेको छ ।

आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।  कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।  

त्यस्तै आज राती  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

  • Related Posts

    बाग्मतीका मुख्यमन्त्री बानियाँको कार्यालय तथा घरमा छापा

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले कार्यालय तथा घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । सोमबार मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको…

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    काठमाडौँ  । नेपाली काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दैछ । काँग्रेसले संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय वोर्डको…

    पहिलो

    बाग्मतीका मुख्यमन्त्री बानियाँको कार्यालय तथा घरमा छापा

    • May 5, 2026
    • 25 views
    बाग्मतीका मुख्यमन्त्री बानियाँको कार्यालय तथा घरमा छापा

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    • May 5, 2026
    • 19 views
    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    आइपिएलमा लखनउमाथि मुम्बई ६ विकेटले विजयी

    • May 5, 2026
    • 22 views
    आइपिएलमा लखनउमाथि मुम्बई ६ विकेटले विजयी

    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामा सीएसएनएनको अमेरिकी मामिला सम्पादकमा नियुक्त-

    • May 5, 2026
    • 161 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामा सीएसएनएनको अमेरिकी मामिला सम्पादकमा नियुक्त-

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    • May 5, 2026
    • 24 views
    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    लिपुलेक बारे काँग्रेसले के भन्यो ?

    • May 5, 2026
    • 24 views
    लिपुलेक बारे काँग्रेसले के भन्यो ?