पूर्वविशिष्ट पदाधिकारीको सुबिधा बारे अध्ययन गर्दै सरकार, दोहोरो र असीमित सुविधा नियन्त्रण गरिने

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि हिजो गृहसँग स्पष्ट विवरण माग गरिएको हो। पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको छ।

यस कदमबारे जानकारी दिँदै प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न सरकारले कडाइका साथ विवरण माग गरेको बताएकी छन् । उनका अनुसार कानुनले तोकेभन्दा बाहिर गएर लिइएका सुविधाको पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउनु यो निर्देशनको मुख्य उद्देश्य हो।

विगत लामो समयदेखि पूर्वविशिष्टहरूले मापदण्डविपरीत सरकारी स्रोत–साधनको प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेका बेला सरकारले यो सक्रियता देखाएको हो। गृह मन्त्रालयबाट प्राप्त हुने विवरणको आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गर्ने र प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी छ।

  • Related Posts

    नेप्सेमा ३ अर्ब १९ करोडको कारोबार

    काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज बुधबार नेप्से १.६४ अंकले बघटेर २७११.२२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३६ कम्पनिका ७१ लाख ३१ हजार ५५७ कित्ता…

    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    स्याङ्जा । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । आइतबार विहानदेखि विद्युत् अवरुद्ध हुँदा…

    पहिलो

    प्रतिबन्धित लागु औषध जस्तो देखिने Laborate क्याप्सुल सहित एक जना पक्राउ-

    • May 6, 2026
    • 55 views
    प्रतिबन्धित लागु औषध जस्तो देखिने Laborate क्याप्सुल सहित एक जना  पक्राउ-

    नेप्सेमा ३ अर्ब १९ करोडको कारोबार

    • May 6, 2026
    • 22 views
    नेप्सेमा  ३ अर्ब १९ करोडको कारोबार

     चुनावपछि हिंसा: चार जनाको हत्या

    • May 6, 2026
    • 16 views
     चुनावपछि हिंसा: चार जनाको हत्या

    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    • May 6, 2026
    • 20 views
    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    गैंडाको खागसहित तीन जना पक्राउ

    • May 6, 2026
    • 18 views
    गैंडाको खागसहित  तीन जना पक्राउ

    गगन थापा-अध्यादेशमा सरकारले जालझेल गर्यो

    • May 6, 2026
    • 18 views
    गगन थापा-अध्यादेशमा सरकारले जालझेल गर्यो