दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगंज, ०३ असार । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्सा तथा मातहतका इकाईहरु द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामान लगायत सवारी साधनहरु आफ्नो नियन्त्रणमा लिएको छ ।
सोही क्रममा मंगलबार नं. १३ गण बाट खटिएको टोलिले वीरगंज बीरगंज महानगरपालिका वडा नं. १६, ईनर्वा सीमा ईलाकामा भारत बाट अबैध रुपमा भन्सार छली मधेश प्रदेश 03001 ह 1922 नम्बरको ई-रिक्सामा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको रु. ४० हजार ८ सय बराबरको अगरबत्ती बनाउने कच्चा पदार्थ, रु. २७ हजार ५ सय बराबरको केरा, रु. ४५ हजार बराबरको माछा र रु. ४ लाख बराबरको ई-रिक्सा छाडि व्यक्ति फरार भएको हुँदा उक्त ई-रिक्सा सहित उल्लेखित सामानहरू बरामद गरि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
यसै गरी नं. १३ गण बाटै खटिएको अर्को टोलिले वीरगंज महानगरपालिका वडा नं. १४, गण्डक चोक बाट रु. १ लाख ३० हजार ३ सय ४० बराबरको चिसो पेय पदार्थ तथा मोटरसाइकल नियन्त्रणमा लिई बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।
सोही क्रममा न १३ गण पर्सा को विशेष सुचनाको आधारमा सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंज, स.प्र.बल नेपाल प्रस्तावित औद्योगिक सुरक्षा वेश जितपुर र वीरगंज भन्सार कार्यालयका कम्प्युटर अप्रेटर टंकराज ढकाल सहितको संयुक्त टोलीले बारा जिल्लाको जितपुर सिमरा उ.म.न.पा.-१० नितनपुर चोकमा रहेको सुरेन्द्र साहको एक तले घरको सटर भाडामा लिई गोदाम संचालन गर्ने निखिल गुप्ताले अबैध रुपमा भन्सार छली लुकाई छिपाई भण्डारण गरी राखेको रु. ३ लाख २५ हजार बराबरको सरबत्ति खजुर ४३ काटुन (२६२ के. जि.), AFZAL MINT TOBACCO ८ काटुन (९६ के. जि.) र गाडिको बर्नेट १ सेट बरामद गरी बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
साथै गोदामको खानतलासि गर्दा गोदाम पछाडिको कोठामा अन्दाजी रु. ३ हजार बरावरको घरेलु मदिरा १०० लिटर बरामद गरी आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय, जितपुरको जिम्मा लगाईएको छ ।
यसै गरी सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म लहावरथकरी बाट खटिएको टोलीले पर्सा जिल्लाको छिपरमाई गाउँपालिका-५, भिष्वा बजार स्थित सीमा इलाकामा बाट रु. १३ हजार २ सय ५० बराबरको किराना तथा ईलेक्टिक सामान तथा रु. १ लाख २५ हजार बराबरको मोटरसाइकल र बिओपि भिष्वा बाट खटिएको टोलिले उल्लेखित स्थान बाटै रु. ३४ हजार २ सय ६० बराबरको औषधी र ईलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले बताएका छन् ।







