चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि

पर्सा । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ ।

चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु. ४२ करोड ४० लाख दुई हजार मूल्य पर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु. ४५ करोड ९० लाख ६१ हजार मूल्य पर्ने तीन सय छ वटा जिप, कार र भ्यान आयात भएको थियो ।

आव २०८०/८१ को भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा चार पाङ्ग्रे सवारी सङ्ख्याका आधारमा २४ दशमलव ८४ प्रतिशतले आयात घटेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको दुई महिना अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको बताए।

“गत आवको तुलनामा चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन र इलेक्ट्रिक सवारीसाधन दुवैको आयात घटेको छ”, उनले भने “इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज भन्सार नाका भन्दा उत्तरी नाकाबाट धेरै भित्रिएको छ । यो नाका हुँदै सवारीसाधनको समग्र आयात घटेसँगै राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ ।”

चालु आव २०८१/८२ को भदौ मसान्तसम्ममा रु. छ करोड एक लाख ७० हजार मूल्य पर्ने ५४ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका छन् । आव २०८०/८१ को सोही अवधिमा रु. १३ करोड २५ लाख ५५ हजार मूल्य पर्ने ५८ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका थिए । गत आवको तुलनामा चालु आवमा छ दशमलव ९० प्रतिशतले आयात घटेको हो ।

चालु आवको भदौ मसान्तसम्ममा रु. छ करोड दुई लाख २६ हजार मूल्य पर्ने २८ वटा ट्रक, मिनीट्रक आयात भएको छ । गत आवको सोही अवधिमा रु. १६ करोड ८० लाख ८१ हजार मूल्य पर्ने ६८ वटा ट्रक, मिनीट्रक आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा ट्रक र मिनीट्रकको आयात ५८ दशमलव ८२ प्रतिशतले गिरावट आएको हो ।

चालु आवको दुई महिनामा आठ करोड दुई लाख ३२ हजार मूल्य पर्ने ३८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ । गत आवको सोही अवधिमा रु. नौ करोड ९३ लाख आठ हजार मूल्य पर्ने ८६ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा ५५ दशमलव ८१ प्रतिशतले आयात घटेको छ ।

चालु आवको भदौ मसान्तसम्ममा रु. १७ करोड २४ लाख चार हजार मूल्य पर्ने ७६ वटा मिनिबस र माइक्रोबस आयात भएको छ । गत आवको सोही अवधिमा रु. सात करोड १९ लाख ९१ हजार मूल्य पर्ने ३४ वटा मिनीबस र माइक्रोबस आयात भएको थियो । चालु आवको दुई महिनामा गत आवको तुलनामा मिनिबस र माइक्रोबसको आयात एक २३ दशमलव ५३ प्रतिशतले बढेको छ ।

चालु आवको सुरुवाती दुई महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटे पनि दुई पाङ्ग्रे सवारीसाधनको आयात दोब्बरले बढेको छ । चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज भन्सार हुँदै रु. दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने रु. १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएको छ । गत आवको सोही अवधिमा रु. एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा मोटरसाइकलको आयात ७६ दशमलव ८६ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    • June 16, 2026
    • 66 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    • June 16, 2026
    • 48 views
    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित पिकअप तथा दुई जना मानिस नियन्त्रण-

    • June 16, 2026
    • 63 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित पिकअप तथा दुई जना मानिस नियन्त्रण-

    वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख आलमको पहलमा निकासा सुरु-

    • June 16, 2026
    • 53 views
    वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख आलमको पहलमा निकासा सुरु-

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 65 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 118 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-