बीस वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हट्यो

गोरखा । गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ । गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै हैरानी खेप्दै आउनुपरेको जुगेपानीको पहिरो अहिले रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको हो ।

तनहुँ सडक डिभिजन कार्यालयले गत वैशाख महिनामा पहिरो रोकथामको सबै काम सकिएसँगै यस पटकको बर्खामा कुनै समस्या नभएको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । ‘बर्खामा पानी पर्ने बित्तिकै सधैँ जसो सडक भासिने, माटो बग्ने र सवारीसाधन आवागमन अवरुद्ध हुने गरेको भए पनि त्यहाँको पहिरोले यसपटक अहिलेसम्म कुनै दुःख दिएन’, उनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा पहिरो रोकथाममा भएको देखिन्छ, यसपालिको बर्खामा यात्रीले विगतका वर्षमा जस्तो हैरानी भोग्नुपरेको छैन ।’

जुगेपानीमा करिब एक सय मिटर सडक हरेक वर्ष बर्खामा पानी परेपछि जमिन भासिने, माटो बग्नेलगायत समस्या हुँदै आएको थियो । भू–गर्भविद्सहितको इन्जिनियर टोलीले पहिरो नियन्त्रणका लागि गहिरो अध्ययन गरी करिब एक वर्ष लगाएर नियन्त्रणको काम सकेको हो ।

पहिरो रोकथाममा आएपछि गोरखा सदरमुकामबाट उत्तरी गोरखाको धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका बासिन्दालाई आवतजावत सजिलो भएको छ ।

जुगेपानीको पहिरो रोकथाम गर्न तनहुँ सडक डिभिजन कार्यालयमार्फत तीन करोड ४५ लाख ४१ हजार नौ सय ९८ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । कार्यालयले बोलपत्र प्रक्रियामार्फत पहिरो रोकथाम गर्न निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

विशेष प्रविधिबाट जमिनलाई सुक्खा बनाएर जमिनको पानीलाई पाइपमार्फत निकासा गरी जुगेपानी पहिरो नियन्त्रणको काम गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर हरिबहादुर लामाले जानकारी दिए । आउँदो एक वर्षसम्मका लागि पहिरो गइरहेको ठाउँमा सडक ग्राभेल मात्र छाडिएको र थप ‘सेटल’ भएपछि सडक कालोपत्र गरिने उनको भनाइ छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    • June 16, 2026
    • 67 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    • June 16, 2026
    • 50 views
    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित पिकअप तथा दुई जना मानिस नियन्त्रण-

    • June 16, 2026
    • 64 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित पिकअप तथा दुई जना मानिस नियन्त्रण-

    वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख आलमको पहलमा निकासा सुरु-

    • June 16, 2026
    • 54 views
    वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख आलमको पहलमा निकासा सुरु-

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 65 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 118 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-