
फाल्गुन १३ वीरगञ्ज । महेन्द्र नारायण निधी स्मृति प्रतिष्ठान वीरगञ्जले शुक्रबार १०१ औ जन्म ज्यन्ती एक कार्यक्रमको आयोजना गरि मनाएको छ । त्यस्तै उक्त कार्यक्रममा महेन्द्र नारायण निधी स्मृति प्रतिष्ठानका उपाध्यक्ष डाक्टर हरेराम ठाकुरले प्रजातन्त्र स्थापनकालमा नेता महेन्द्र नारायण निधीको भुमिका उलेख्नीय रहेको बताउनु भयो । सादा जिवन उच्च बिचारको नितिमा हिड्ने वहाँ नेपाली कागे्रसको लागि प्रेरणादायी श्रोतको रुपमा रहेको पनि बताउनु भयो । कार्यक्रमका अर्का वक्ता कागे्रसका नेता तथा प्रतिष्ठानका कोषध्यक्ष दिलिप शर्मा बरालले मधेशमा वहाँलाई माहात्मा गान्धीको रुपमा चिनिने गरेको बताउनु भयो । वहाँको नाममा पुरस्कार स्थापना गर्नु पर्नेमा बरालले जोड दिनु भयो । प्रजातन्त्र स्थापनका लागि मधेशबाट धेरै भुमिका निर्वाह गरेका छन् । वहाँहरुको चर्चा बेला बखतमा भई रहनु पर्छ । नयाँ पुस्तालाई यस प्रकारको चर्चा परिचर्चाले नयाँ सन्देश तथा संघर्ष गर्ने प्रेरणा मिल्ने गरेको हुन्छ । त्यस्तै प्रतिष्ठान का अध्यक्ष जवाहर प्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख सुश्री शान्ति कार्की, नेपाली काग्रेसका नेता डाक्टर हरेराम ठाकुर, दिलीप शर्मा बरामल, बिजय पौडेल, रामप्रसाद चौहान, अशोक कुमार कलबार, लालबाबु सिंह लगायतका ले सम्बोधन गर्नु भएको थियो ।







