

बीरगंजज, २२ फागुन । वीरगञ्ज महानगरपालिका वडा नं.२४ रामगढवा बस्ने वर्ष १९ को नविन कुमार गुप्ताको नाममा दर्ता रहेको ना.२४ प. ४७२ नम्बरको कालो रंगको RTR Apache मोटरसाइकल वीरगञ्ज महानगरपालिका कै वडा नं.१६ स्थित अनिता जनरल स्टोर अगाडि पार्किङ गरी राखेकोमा बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं.११ बस्ने वर्ष २१ को कुशनन्दन चौधरीले उक्त मोटरसाइकल को लक तोडी शुक्रबार भाग्दै गरेको अवस्थामा सवारी धनीले देखी तत्कालै जिल्ला प्रहरी कार्यालय, पर्सा मा जानकारी गराएकोमा उक्त स्थानमा खटिएको प्रहरी टोलीले स्थानीयहरूको सहयोगमा उल्लेखित नम्बरको मोटरसाइकल सहित निज कुशनन्दन चौधरीलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको व्यहोरा पर्सा प्रहरीले आईतबार जनाएको छ ।







