रामेछाप बस दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो

रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।

दुर्घटनामा अहिलेसम्म १२ जनाको मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । दुर्घटना स्थलमा ६ जनाको र उपचारकोक्रममा मृत्यु भएको थियो । 

मंगलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बलको रामेछाप गुल्म र विपद् व्यवस्थाप बेस खुर्कोटबाट गोताखोरसहितको टोली खटिएको थियो । उक्त टोलीले बससँगै तामाकोशीमा डुबेकाहरूको पनि खोजी गरिरहेको छ ।

बसमा चालक, सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको बताइएको भएपनि दुर्घटनाको समयमा कति यात्रु थिए भन्ने यकिन भएको छैन । 

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 11 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 15 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 18 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 10 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 23 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि