महिला विश्वकपको फाइनल आज, आइसीसीले विजेतालाई दिदैछ कीर्तिमानी पुरस्कार

काठमाडौँ । भारत र श्रीलंकामा जारि महिला एकदिवसीय क्रिकेट विश्वकपको फाइनल आज हुदैछ । फाइनलमा भारत र दक्षिण अफ्रिका खेल्दैछन् । यस अघि दुवैले विश्वकप नजितेकाले यस पटक महिला क्रिकेट विश्वकपमा नयाँ विजेता पाइने भएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) आगामी आइसीसी महिला क्रिकेट विश्वकपमा विजेता टोलीलाई अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशि दिने घोषणा यस अघि नै गरेको छ । 

यस विश्वकप विजेता महिला टिमले ४.४८ मिलियन अमेरिकी डलर अर्थात् करिब साढे ६३ करोड पाउनेछ, जुन अघिल्लो संस्करणको पुरस्कार राशि १.३२ मिलियन डलर अर्थात् करिब १९ करोड भन्दा लगभग चार गुणा बढी हो ।

यस प्रतियोगिताको कुल पुरस्कार राशि १३.८८ मिलियन अमेरिकी डलर (लगभग १९६ करोड रहेको छ, जुन २०२२ मा न्युजील्याण्डमा आयोजित पछिल्लो विश्वकप ३.५ मिलियन डलर अर्थात् करिब ५० करोड भन्दा धेरै बढी रहेको छ । यो पुरस्कार राशि पुरुष विश्वकप २०२३ को १० मिलियन डलर भन्दा पनि  बढी रहेको छ ।

२०२३ मा भएको पुरुष एकदिवसीय विश्वकपको विजेता टोली अष्ट्रेलियाले करिब ५३ करोड रुपैयाँ पाएको थियो । त्यसैगरी उपविजेता भारतले करिब २७ करोड रुपैयाँ पाएको थियो । महिला एकदिवसीय विश्वकपको विजेता रकम योभन्दा धेरै बढी हो । आईसीसीले यो वृद्धिको उद्देश्य महिला क्रिकेटको लोकप्रियता बढाउनु र पुरुष सरह समान सम्मान दिनु भएको बताएको छ ।

विश्वकप विजेता देशले ४.४८ मिलियन डलर अर्थात ६३.२८ करोड पाउने भने भने उपविजेता देशले २.२४ मिलियन डलर अर्थात् ३१.६३ करोड पाउने छ । त्यसैगरी सेमिफाइनलमा हार्ने देशले १.१२ मिलियन डलर अर्थात १५.८२ करोड पाउने छन् । त्यसैगरी समूह चरणको खेल जितेमा हरेक खेलको ३४ हजार ३१४ डलर अर्थात ४८ लाख ४६ हजार पाउने छन् ।

त्यसैगरी पाँचौं र छैटौं स्थानमा आउने देशले ७ लाख डलर अर्थात् ९ करोड ८४ लाख पाउने छन् । त्यस्तै सातौं र आठौं स्थानमा आउने देशले २.८ लाख डलर अर्थात ३ करोड ३८ लाख पाउने आइसीसीले जनाएको छ । त्यसैगरी सबै सहभागी देशहरुलाई आइसीसीले २.५ लाख डलर करिब ३ करोड ५२ लाख दिने बताएको छ ।

भारत र श्रीलंकाको आयोजनामा ३० सेप्टेम्बरदेखि शुरु भएको विश्वकपको यो १३औं संस्करण हो । टस विश्वकपमा कुल आठ देश खेलेका थिए । जसमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र इङल्याण्ड सेमिफाइनलसम्म पुगेर बाहिरिएका छन् । त्यस्तै श्रीलंका न्यूजील्याण्ड, पाकिस्तान र बंगलादेश लिग चरणबाटै बाहिरिएका थिए ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 65 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 55 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 92 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 56 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 81 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 98 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-