गिल र द्रविडलाई बार्षिक पुरस्कारबाट सम्मान गर्दै भारतीय क्रिकेट बोर्ड

भारतीय क्रिकेट नियन्त्रण बोर्डले यस वर्षको ‘क्रिकेटर अफ द इयर’ पुरस्कार भारतीय टेस्ट र एकदिवसीय टोलीका कप्तान शुभमन गिललाई प्रदान गर्ने भएको छ ।

त्यस्तै भारतका पूर्व खेलाडी तथा पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडलाई ‘कर्नल सीके नायडु लाइफटाइम अचीभमेन्ट’ पुरस्कार प्रदान गरिने तयारी गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बीसीसीआईको वार्षिक पुरस्कार कार्यक्रम मार्च १५ मा नयाँ दिल्लीमा आयोजना हुने बताइएको छ ।

सोही कार्यक्रममा आयुष म्हात्रेलाई ‘लाला अमरनाथ पुरस्कार’ प्रदान गरिनेछ । म्हात्रेको कप्तानीमा भारतीय टोलीले यस वर्षको सुरुवातमा यू-१९ एकदिवसीय विश्वकप जितेको थियो । भारतीय महिला क्रिकेट टोलीकी पूर्व कप्तान मिताली राजलाई पनि लाइफटाइम अचीभमेन्ट पुरस्कार प्रदान गरिने बताइएको छ ।

यसैगरी घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शनका लागि मुम्बई क्रिकेट संघलाई ‘उत्कृष्ट क्रिकेट संघ’ को पुरस्कार दिने तयारी गरिएको छ ।

गत वर्ष गिलले तीनै ढाँचामा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले टेस्ट क्रिकेटमा ९८३ रन बनाएका थिए, जसमा इङ्ल्याण्डविरुद्धको शृंखलामा ७० भन्दा बढी औसतमा बनाएका ७५४ रन समावेश छन् । एकदिवसीय क्रिकेटमा उनले ४९० रन बनाएर भारतलाई आईसीसी च्याम्पियन्स ट्रफी जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सबै ढाँचामा गरेर उनले ४९ को औसतमा कुल १ हजार ७६४ रन बनाएका थिए, जसमा सात शतक र तीन अर्धशतक समावेश छन् ।

पूर्व प्रशिक्षक द्रविडलाई टेस्ट क्रिकेटका महान ब्याट्सम्यानमध्ये एक मानिन्छ । उनले टेस्टमा १३ हजार २८८ र एकदिवसीय क्रिकेटमा १० हजार ८८९ रन बनाएका छन् । प्रशिक्षकको रूपमा उनको कार्यकालमा भारतले अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेको थियो । भारत एकदिवसीय विश्वकपको फाइनलसम्म पुगेको थियो भने सन् २०२४ को टी-२० विश्वकप पनि जितेको थियो ।

क्रिकेटबाट सन् २०१२ मा सन्यास लिएपछि द्रविडले भारतको अन्डर-१९ टोलीको जिम्मेवारी सम्हालेका थिए । उनको प्रशिक्षणमा शुभमन गिल र पृथ्वी श जस्ता खेलाडी रहेको टोलीले सन् २०१८ मा अन्डर-१९ विश्वकप जितेको थियो। साथै उनले भारत ‘ए’ टोलीसँग पनि काम गरेका थिए ।

  • Related Posts

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछाएको…

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    पहिलो

    आजको मौसम

    • May 2, 2026
    • 1 views
    आजको मौसम

    आजको राशिफल

    • May 2, 2026
    • 0 views
    आजको राशिफल

    बल्खु, बंशीघाट र शंखमूल क्षेत्रका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

    • May 2, 2026
    • 2 views
    बल्खु, बंशीघाट र शंखमूल क्षेत्रका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

    छपकैया पोखरी जोगाउने अभियन्ता जफर मियाँ सहित ४० जना सम्मानित-

    • May 1, 2026
    • 65 views
    छपकैया पोखरी जोगाउने अभियन्ता जफर मियाँ सहित ४० जना सम्मानित-

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 14 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 22 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी