इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनीरबीच भेटवार्ता

काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले इस्लामाबाद भ्रमणका क्रममा पाकिस्तानका सेना प्रमुख आसिम मुनीरसँग भेटवार्ता गरेका छन्।

अमेरिका र इरानबीच क्षेत्रीय स्तरमा वार्ताको प्रयास भइरहेका बेला भएको यो भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

पाकिस्तानले दुवै देशबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको समयमा अराघची र मुनीरबीचको भेटले कूटनीतिक गतिविधि थप सक्रिय भएको संकेत दिएको छ । अराघची शुक्रबार राति इस्लामाबाद पुगेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकफ र ज्वाइँ जेरेड कुशनरलाई पनि पाकिस्तान पठाएका छन् । उनीहरू आज इस्लामाबाद पुग्ने बताइएको छ ।

यसपटक अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान गएका छैनन् । आवश्यक परे उनलाई इस्लामाबाद पठाउन तयारी अवस्थामा राखिएको छ ।

यता, संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ भने यस वार्तामा सहभागी नहुने भएका छन् । उनी यसअघि अप्रिल ११ र १२ मा भएको पहिलो अमेरिका-इरान वार्तामा प्रतिनिधिमण्डलका प्रमुख थिए।

ह्वाइट हाउसले अमेरिकी टोलीले पाकिस्तानमा इरानसँग प्रत्यक्ष शान्ति वार्ता गर्ने जनाएको छ। तर इरानले भने यस्तो कुनै बैठक तय नभएको स्पष्ट पारेको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघईले सामाजिक सञ्जालमार्फत इरानले आफ्नो धारणा अमेरिका समक्ष प्रत्यक्ष नभई पाकिस्तानका अधिकारीमार्फत राख्ने बताएका छन्।

यसले वार्ता भए पनि आमनेसामने नभई पाकिस्तानको मध्यस्थतामा हुने संकेत देखिएको छ। अमेरिका प्रत्यक्ष वार्ताको पक्षमा देखिए पनि इरानले त्यसलाई अस्वीकार गरेको छ ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    • June 16, 2026
    • 67 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    • June 16, 2026
    • 51 views
    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित पिकअप तथा दुई जना मानिस नियन्त्रण-

    • June 16, 2026
    • 64 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित पिकअप तथा दुई जना मानिस नियन्त्रण-

    वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख आलमको पहलमा निकासा सुरु-

    • June 16, 2026
    • 54 views
    वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख आलमको पहलमा निकासा सुरु-

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 65 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 118 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-