सगरमाथाको शिखरसम्म डोरी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न भएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग संघ नेपालमार्फत उक्त काम सम्पन्न गरिएको हो ।

पर्यटन विभागका अनुसार वैशाख ३० गते बिहान १०: २५ बजे सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने कार्य पूरा भएपछि आरोहण मार्ग खुला भएको छ ।

विभागका अनुसार भौगोलिक जटिलता, मौसमी विषमता तथा व्यवस्थापकीय जोखिमका बाबजुद आधारशिविरदेखि चुचुरोसम्मको मार्ग निर्माण तथा खुला गर्ने काम सफलतापूर्वक सम्पन्न गरिएको हो । विभागले यस कार्यमा संलग्न आइसफल डाक्टर तथा पथप्रदर्शकलाई धन्यवाद दिएको छ । मन्त्रालयको मार्गदर्शन र पर्यटन विभागको समन्वयमा काम सम्पन्न भएको जनाइएको छ ।

डोरी टाँग्ने कार्यमा आधारशिविरदेखि क्याम्प–२ सम्म आइसफल डाक्टरहरु आङ सार्की शेर्पा, दावा जाङ्बु शेर्पा, तेन्दु शेर्पा, ङिमा तेन्जी शेर्पा, फुरा छेतेन शेर्पा, दावा छिरिङ शेर्पा, सोनाम ग्याल्जेन शेर्पा र मिङ्मा ग्याल्जेन शेर्पा संलग्न थिए ।

यस्तै क्याम्प–२ देखि चुचुरोसम्म पथप्रदर्शकहरु मिङ्मा दोर्ची शेर्पा, पासाङ तासी शेर्पा, लोप्साङ भुटिया, मिङ नुर्बु शेर्पा, छोम्बा तेन्जी शेर्पा, गुरु भोटे, पाम दोर्जे शेर्पा, मिङ्मा तेन्जी शेर्पा, मिङ तेम्बा शेर्पा, डेन्डी शेर्पा र पासाङ नुर्बु शेर्पा सहभागी रहेका थिए ।

  • Related Posts

    विद्युत् नियमन आयोगमा नियुक्ति प्रक्रिया अगाडी बढ्यो

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले…

    अधिकारीले गरे शपथ तथा पदभार ग्रहण

    काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  विहिबार सभामुख डिपी अर्यालले अधिकारीलाई शपथ गराएका हुन् । शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले आजै…

    पहिलो

    रास्वपा सांसदले बोलेका यी शब्द संसदको रेकर्डबाट हटाइयो

    • May 14, 2026
    • 26 views
    रास्वपा सांसदले बोलेका यी शब्द संसदको रेकर्डबाट हटाइयो

    ट्रम्प र सी जिनपीङको भेटमा के के भयो ?

    • May 14, 2026
    • 25 views
    ट्रम्प र सी जिनपीङको भेटमा के के भयो ?

    विद्युत् नियमन आयोगमा नियुक्ति प्रक्रिया अगाडी बढ्यो

    • May 14, 2026
    • 24 views
    विद्युत् नियमन आयोगमा नियुक्ति प्रक्रिया अगाडी बढ्यो

    अधिकारीले गरे शपथ तथा पदभार ग्रहण

    • May 14, 2026
    • 8 views
    अधिकारीले गरे शपथ तथा पदभार ग्रहण

    भारतमा आँधी र वर्षाबाट ८९ जनाको मृत्यु

    • May 14, 2026
    • 24 views
    भारतमा आँधी र वर्षाबाट ८९ जनाको मृत्यु

    शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग

    • May 14, 2026
    • 26 views